काठमाडौं ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको अन्तिम तयारी भइरहेका बेला रत्नराज्यलक्ष्मी आरआर क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
त्रिविका क्याम्पसमा आज स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ । आरआरमा भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका बेला अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो ।
क्याम्पस प्रशासनले फर्जी कार्ड नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग छ ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।
निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।
त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन । प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्