ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   १ : २१   बजे

काठमाडौं १० चैत । महोत्तरीको सागरनाथ जंगलमा हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका( ८ दिगम्बरपुर घर भएका २५ वर्षीय शिवशंकर महतोको शव फेला परेको हो।

महोत्तरीको गौशाला नगरपालिका( ८ सागरनाथ वन क्षेत्रमा पर्ने रेल्वे ट्रयाक नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

‘धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको हो,’ डीएसपी जैसवालले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी रहेको उनले बताए। ‘यस विषयमा थप विवरण हामी पछि सार्जजनिक गर्छौं,’ डीएसपी जैसवालले भने।

प्रत्यक्षदर्शीहरुका अनुसार धारिलो हतियारले शरीरका विभिन्न भागमा आक्रमण गरेर हत्या गरेपछि मुखमा आगो लगाएको अवस्थामा उनको शव फेला परेको हो।

उनी गएको बिहीबार दिउँसो श्रीमती सृजना र १० महिने छोरालाई साथमा लिएर घरबाट ससुराली ९बर्दिबास नगरपालिका( ५ पशुपतिनगर० गएका पारिवारिक स्रोतको भनाई छ।

उनको केही दिन अघि ससुराली पक्षसँग विवादसमेत भएको दाबीसमेत आफन्तले गरेका छन्। त्यतिबेला शिवशंकरमाथि ससुरालीमै कुटपिटसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu