ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले फेरि स्थगित गर्‍यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   १ : ३३   बजे

काठमाडौं ११ चैत । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ।

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

‘बाराबाट अभियान सुरु गर्दा नै हामीले चितवनमा पुगेपछि अभियान पुनः केही दिनका लागि रोक्ने भनेका थियौँ,’ आचार्यले नेपालखबरसँग भने, ‘चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने छ।’

अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम आज नभए पनि अहिले माओवादी अध्यक्ष प्रचण्ड चितवनमै छन्। अध्यक्ष प्रचण्ड आज साँझ काठमाडौँ आइपुग्ने आचार्यले बताए।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ। शीर्ष नेताहरुबीचको भेटवार्ताको लागि प्रचण्ड साँझ काठमाडौँ आउन लागेका हुन्।

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर पुगेर स्थगित भएको थियो। उक्त अभियान गएको बिहीबारदेखि पुनः बाराबाट सुरु भएको थियो।

अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।

चितवनमा स्थगित भएको अभियान यही चैत १६ गतेबाट नवलपुरबाट पुनः अघि बढ्ने नेताहरुले बताएका छन्।

नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलालीहुँदै कञ्चनपुर पुगेर हुलाकी अभियान पूरा हुने छ। त्यसपछि मध्य पहाडी क्षेत्रमा अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ। त्यो अभियान सगरमाथाको फेदिमा पुगेपछि पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu