ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्- मन्त्री यादव


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   १ : ४०   बजे

काठमाडौं ११ चैत । खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताएका छन्। सोमबार काठमाडौँमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै यादवले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे।

उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरू कमजोर नरहेको बताए। उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए।

‘महिलाहरू कमजोर छैन। किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठूलो पोस्ट, राष्ट्रपति महिलाले चलाएको छ। विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रुपमा चलाउनु भयो,ु उनले भने, ुनिश्चित रूपमा यो देशले राष्ट्रपति जस्तो महत्त्वपूर्ण पद महिलाले चलाएको छ। प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाएको छ। कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेको छ। अवसर दिनुस् न। अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ। तर अवसर नदिने। अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ। महिलाले जित्छ नि। लोकसभामा अनिवार्य रूपमा महिलाको कोटा छुट्ट्याएको छ भारतमा।’
खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे। मन्त्री यादवले शिक्षामा महिलाहरू धेरै अघि बढिसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu