ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीका आन्दोलन कारीले प्रेस स्वतन्त्रतामाथि गरेको आक्रमण प्रति मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण


एबीसी न्यूज
१४ चैत्र २०८१, शुक्रबार   ९ : ४७   बजे

काठमाडौं १५ चैत । लोकतान्त्रिक गणतन्त्रले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति, संगठन र सभा–सम्मेलन गर्ने स्वतन्त्रतामाथि कथित व्यवस्था परिवर्तनको नाममा भएको अराजक समूहले खुलेआम गरको आक्रमण प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

शुक्रबार राजधानी काठमाडौंको तीन कुने क्षेत्रमा राजावादी समूहको नाममा भएको प्रदर्शनले सञ्चार गृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको छ । शुक्रबार अन्नपूर्णपोष्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमाथि गरिएको सांघातिक हमलाको नेपाल मिडिया सोसाइटी कडा भत्र्सना गर्दै अपराधिहरुमािथ तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछौं ।

कथित व्यवस्था परिवर्तनका नाममा भएका अराजक समूहका यस्ता भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन तथा सार्वजनिक सरोकारका सुपर मार्केटदेखि राजनीतिक दलका कार्यालय र सरकारी संस्थानहरुमाथिको आक्रमण तथा लुटपाटले प्रदर्शनकारी र तिनका अगुवाहरुको चरित्रलाई उदाङ्गो पारेको छ । शान्तिपूर्ण रुपमा कसैले पनि प्रदर्शन, भेला तथा सभामार्फत आफ्ना गुनासा, माग र आक्रोश समेत व्यक्त गर्न पाउने अधिकारको कुनै पनि बहानामा दुरुपयोग गर्ने र अझै अघि बढेर जनतालाई सुसूचित गर्ने सञ्चारमाध्यमहरुमाथि भएको आक्रमणलाई कुनै पनि कोणबाट जाजय ठ¥याउन सकिंदैन ।

तसर्थ, सचेत नागरिक, जिम्मेवार राजनीतिक दल तथा आम सञ्चारकर्मी र सवै पेशा तथा व्यवासायीहरुलाई उदार लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुव्यवस्थापन तथा जिम्मेवारीपनलाई गम्भीरतापूर्वक लिन र आगामी दिनमा कुनै पनि बहानामा हुने यसखालका हिंसात्मक प्रदर्शन वा आक्रमणप्रति सचेत रहन सरकारलाई आग्रह गर्दछौं । यसका साथै शुक्रबार राजधानीमा भएको सञ्चारगृह, पार्टी कार्यालयहरु, सुपरमार्केट तथा निजी भवनमाथिका आक्रमण र हिंसाको प्रदर्शन आयोजकलाई जिम्मा लिंदै कानुनी कठघरामा उभिएर जबाफदेही पालना गर्न समेत अनुरोध गर्दछौं ।

अन्तमा पत्रकारहरुको पेशागत सुरक्षा, निर्वाध सूचना संकलन तथा प्रकाशन र प्रसारण स्वतन्त्रता तथा सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन नेपाल सरकार समक्ष माग गर्दै आजको आक्रमणमा संलग्नहरुमाथि तत्तकाल कानुनी कारबाही गर्न समेत हामी जोडदार माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group