ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनामा थप १८ जनालाई हिरासतमा राख्न अदालतको अनुमति


एबीसी न्यूज
१८ चैत्र २०८१, मंगलबार   ७ : १२   बजे

काठमाडौं १९ चैत । काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलोपटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै बुधबार पुनः अदालतमा उपपस्थित गराइने काठमाडौँ प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको छ।

मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको छ। अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने एसपी बोहराले बताए।

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवलशमशेर राणासमेत ४१ जना यसअघि नै हिरासतमा छन्।

प्रहरीले पक्राउ गरेका केहीलाई भने अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनीहरू भाटभटेनीमा ससाना समान लुटपाटमा संलग्नहरू छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu