ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   ६ : ५३   बजे

काठमाडौं २० चैत । राजावादी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतले बुधबार मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

आइतबार पहिलो पटक ४१ जना, मंगलबार १८ जना र आज थप ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि चैत १७ गते अदालतले पक्राउ परेका सबैलाई अदालतले ५ दिन म्याद थप गरेको थियो।

उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यस्तै, मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन्।

चैत १५ गते ९शुक्रबार० तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनका क्रममा हत्या, लुटपाट, आगजनी र तोडफोड भएका थिए।

सो घटनामा संलग्न रेहेको आरोपमा प्रहरीले शुक्रबार बेलुका नै मिश्र र राणालाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu