ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरूलाई प्रचण्डको आग्रह– सरकारलाई नछोड्नुहोस्, हामी साथमा छौं


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ८ : ४१   बजे

काठमाडौं २४ चैत । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना माग पुरा नभएसम्म सरकारलाई नछोड्न आन्दोलित शिक्षकहरुलाई आग्रह गरेका छन्।

‘जबसम्म तपाईंहरुको माग पुरा हुँदैन, तपाईंहरू सरकार नछोड्नुहोस्,’ आइतबार काठमाडौँमा आयोजित नेवा मुक्ति मोर्चाको कार्यक्रममा उनले भने, ‘कहिले सिठी बजाउनुहोस्। के गर्नुपर्छ गर्नुहोस्, हामी तपाईंहरुको साथमा छौं।’

विद्यालय शिक्षा ऐन आफूहरुको माग अनुसार पारित गर्नुपर्ने माग गर्दै शिक्षकहरु केही दिनयता काठमाडौँमा आन्दोलित छन्। प्रचण्डले सरकारकै कमजोरीका कारण उनीहरु सडकमा आएको आरोप समेत लगाए।

‘अहिले हतार–हतार संसद अधिवेशन अन्त्य गर्नुपर्ने नै थिएन, त्यही शिक्षकको विधेयकमा छलफल गरेर किन नटुंग्याएकोरु,’ उनको प्रश्न छ, ‘त्यसलाई पारित गरेर शिक्षकका माग पुरा गर्न सकिन्थ्यो। तर, हतार–हतार संसद अधिवेशन अन्त्य गर्‍यो र शिक्षकहरुलाई आन्दोलनमा आउन बाध्य पार्‍यो।’

आवश्यक परे प्रतिपक्षी दलहरुले शिक्षकका माग पुरा गर्न विशेष अधिवेशन बोलाउन समेत माग गर्न सक्ने प्रचण्डको भनाइ छ। ‘प्रतिपक्षहरुको बैठक बसेर शिक्षकहरुका निम्ति जरुरी पर्‍यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पुरा गर्न हामी अघि बढ्छौं,’ उनले भने।

आफू सरकारमा हुँदा शिक्षहरुसँग ५ बुँदे सहमति गरेको भन्दै उनले त्यही अनुसार ऐन बनाएर पारित गर्नुपर्नेमा उनको जोड छ।

‘ऐन निर्माण गरेर शिक्षक, कर्मचारीका समस्या हल गरिन्छ भनेर ५ बुँदे सहमति त्यतिबेला हाम्रो नेतृत्वको सरकारले गरेको थियो,’ प्रचण्डको भनाइ छ, ‘त्यही अनुसार धेरै मेहनत गरेर विद्यालय शिक्षा विधेयक सदनमा हामीले नै पुर्‍याएका हौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu