ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न


एबीसी न्यूज
१३ असार २०८३, शनिबार   ५ : २६   बजे

काठमाडौं, १३ असार । एउटै मल, एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ ।सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेन्डर पाएको छ ।तर, उक्त कम्पनीले भारतलाई त्यही मल प्रतिमेट्रिक टन ५४० डलरमा उपलब्ध गराएको छ भने नेपाललाई ९००।७५ डलरमा उपलब्ध गराउँदै छ ।

आदित्य बिर्लाले जहाँबाट भारतलाई मल दिइरहेको छ, त्यहीँबाट नेपाललाई पनि दिने हो । तर, यति धेरै मूल्य फरक किन? भनी कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन् ।

कृषि सामग्री कम्पनीका एक कर्मचारीले भने, ‘नेपालमा मनपरी छ, जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन् । पश्चिम एसियाको द्वन्द्व देखाएर टेन्डर नभर्ने, पटक–पटक टेन्डर फेल गराउने तर पछि त्यही मलका लागि बढी रकममा टेन्डर प्राप्त गरेपछि ल्याउन तयार हुने १ यो अन्तर्राष्ट्रिय गिरोहको खेल हो ।’

जबकि, भारतले त्यही समयमा टेन्डर निकाल्दा आदित्य बिर्लाले प्रतिमेट्रिक टन ५४० डलरमा मल दिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अझै घटेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले गत मार्च महिनादेखि नियन्त्रणमा राखेको युरिया निर्यातलाई फुकुवा गर्ने निर्णय गरेपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आएको हो । यसबाट कम्तीमा ५० प्रतिशत मूल्य घट्ने लगभग निश्चित भएको छ ।

भौगोलिक निकटताका कारण भारतको पूर्वी तटमा हुने आपूर्तिको ठूलो हिस्सा चीनबाटै आउने गर्छ । पश्चिम एसियामा द्वन्द्व समाधानउन्मुख देखिएपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आउने देखिएको छ । तर, नेपालले अझै पनि ९००।७५ डलर तिरेर मल खरिद गरिरहेको छ ।

आदित्य बिर्लाले ३० हजार मेट्रिक टन मल आपूर्ति गर्ने टेन्डर पाइसकेको छ । सो कम्पनीले वीरगन्ज, विराटनगर र भैरहवासम्म मल पुर्‍याउनका लागि ९००।७५ डलरको टेन्डर पाएको हो । अहिलेको अवस्थामा यो मूल्य धेरै नै महँगो हो । ती अधिकारीले भने, ‘आदित्य बिर्लाले नेपाललाई चुना लगाएको छ । यदि त्यसो होइन भने भारतलाई ५४० डलर र नेपाललाई ९००।७५ डलर किन रु’ ठेक्काअनुसार आदित्य बिर्लाले दुई करोड ७० लाख २२ हजार ५०० अमेरिकी डलर नेपाल सरकारबाट प्राप्त गर्नेछ ।
उता भारतले पनि ५४० डलर प्रतिमेट्रिक टनमा खरिद गरेको मल नेपाललाई भने ८४८ डलरमा दिइरहेको छ । भारतले सस्तोमा खरिद गरेर नेपाललाई महँगोमा बेचिरहेको भए पनि, आदित्य बिर्लाले त भारतले भन्दा पनि बढी महँगोमा नेपाललाई मल भिराएको गुनासो भइरहेको छ ।

नेपाल र भारतबीच भएको जीटुजी सम्झौताअनुसार भारतले नेपाललाई ५० हजार मेट्रिक टन मल दिनेछ । नेपालले तत्कालका लागि ८० हजार मेट्रिक टन मल माग गरेको थियो, तर अहिले ५० हजार मेट्रिक टन मात्र पाउने भएको छ । त्यसका लागि नेपालले भारतलाई रकम पनि पठाइसकेको छ ।

तर, रकम प्राप्त गरेको दिनदेखि १२० दिन ९चार महिना० मा मात्र नेपालले मल प्राप्त गर्ने प्रावधान छ । अर्थात्, भारतले दिने मल पनि नेपालका किसानले धान रोप्ने सिजनमा पाउने छैनन् । भारतले प्रक्रियागत रूपमा मल दिने हो भने त्यो मल असोजमा मात्र नेपाल आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu