ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमफेदी गाउँपालिकाको सिन्धुली भ्रमण बस पल्टियो, वडाध्यक्षसहित २३ जना घाइते


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   १० : १७   बजे

काठमाडौं २८ चैत । मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस गएराति ९: ३० बजेतिर मकवानपुरको बकैया गाउँपालिका(३, चिसापानी बजारस्थित धरान(चतरा सडकमा पल्टिएको हो।

भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० श्यामु अर्यालका अनुसार बसमा चालकसहित ३१ जना थिए। तीमध्ये २३ जना घाइते भएका हुन्। जसमा केहीको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले जानकारी दिए।

घाइते हुनेमा वडाध्यक्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारीसम्म छन्।

दुर्घटनामा भीमफेदी गाउँपालिका(२ का वडाध्यक्ष ४९ वर्षका कासीराम बज्यु घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

डीएसपी अर्याललका अनुसार अन्य घाइतेमा भीमफेदी(३ बुल्मिङ बस्ने ४६ वर्षका श्रीराम बज्यु, भीमफेदी(५ ज्यामिरेकी ५५ वर्षीया रीता कुमारी मगर, भीमफेदी गाउँपालिकाको कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा र सोही स्थानकी ५५ वर्षीया सानी आलेको अवस्था गम्भीर छ।

उनीहरूलाई थप उपचारका लागि बुधबार राति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको डीएसपी अर्यालले जानकारी दिए।

यस्तै अन्य घाइतेमा चितवनको राप्ति नगरपालिका(२ गडौली बस्ने २९ वर्षका पशु प्राविधिक डा। सरोज ओझा, उनकी श्रीमती २७ वर्षकी रेश्मा सुवेदी, मकवानपुरको भीमफेदी(२ निगालेका ४५ वर्षका दिलीप राज बुलन, सोही स्थानका यदुनाथ पुडासैनी छन्।

मकवानपुरगढी गाउँपालिका(३ मक्रान्चुली बस्ने ४२ वर्षका नारायणप्रसाद शर्मा, हेटौँडा(११ थानाभर्याङ बस्ने २९ वर्षका उज्वल राना मगर, सोही स्थानका ३२ वर्षका सुदिप पराजुली, २७ वर्षका सुयास पाख्रिन, २७ वर्षका शुभाष रुम्बा, भीमफेदी(५ का ५२ वर्षका हितचन्द्र मोक्तान, सोही स्थानका २५ वर्षका अनिल स्याङबो, हेटौँडा(१८ बस्ने रुबिन घर्ति पनि घाइते भएका छन्।

यस्तै भीमफेदीकै ५३ वर्षका बुद्विसिंह दोङ, ३९ वर्षकी सीता थिङ, सूर्य माया घलान, करणध्वज पाख्रिन, हेटौँडा(१८ हर्नामाडीका २९ वर्षका विमल ढुंगाना, भीमफेदी(४ बस्ने ४० वर्षका कृष्णहरि गाहामगर, सोही स्थानका ३८ वर्षका सुजन प्रजा, ४३ वर्षका मान बहादुर लामा, भीमफेदी(१ सानुटार बस्ने ४२ वर्षका राजेन्द्र कुमार स्याङतान, गाउँपालिकाका कृषि प्राविधिक २९ वर्षका सानुकान्छा घिसिङ, पशु प्राविधिक पुष्पलाल बज्यु, भीमफेदी(३ बस्ने ४८ वर्षको अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसका सहचालक उदयपुर रौतामाई गाउँपालिका(५ बस्ने ३२ वर्षकोे सतिह दाहाल पनि घाइते भएका छन्।

चालक भने हालसम्म फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइतेहरू हेटौँडास्थित विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu