ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन सकिँदैन – गगन थापा


एबीसी न्यूज

काठमाडौं २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्थालाई जति धोए पनि संवैधानिक बनाउन नसकिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस लामो अनुभवपछि यस्तो निष्कर्षमा पुगेको उल्लेख गरे।

‘नेपालका राजालाई सक्रिय बनायो भने के हुन्छरु हामीले के कुरा बुझ्यौं, अनुभवले सिकायो भने नेपालको राजा कसैले पनि जति धोएर सफा गर्‍यो भने पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो।’

राजालाई निर्मल निवास राख्दा नै उत्पात मच्चाएको भन्दै उनले भने, ‘निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो। अहिले नारायणहिटीमा भएको भए के गर्थे होलानरु’

राष्ट्रपतिको ठाउँमा राजा ल्याए पनि शिक्षा, स्वास्थ्य, रोजगारीको काम भने नेपाली कांग्रेस र नेकपा एमालेले नै गर्नुपर्ने भन्दै त्यस्तो राजसंस्थाको आवश्यता नभएको दाबी गरे।

‘अहिले के मागेको होरु राष्ट्रपतिको ठाउँमा राजा लगेर राख्ने भनेको हो भने, एक छिनलाई मान्नुहोस् राष्ट्रपतिको ठाउँमा राजा ल्याएर राखियो,’ थापाको भनाइ छ, जो राजा ल्याउनुपर्छ भन्छ, उसलाई सोध्ने हो भने उसले देशमा भ्रष्टाचार भयो, देशमा कुशासन भयो, जागिर पाइएन, शिक्षा भएन, स्वास्थ्य भएन भन्छ। राजालाई लगेर खोपीमा लगेर राखेर शिक्षा, स्वाथ्यको काम त हुँदैन। शिक्षा, स्वास्थ्यको काम त फेरि कांग्रेस एमालेले गर्नुपर्‍यो।

थापाले नेपालले अब कुनै पनि राजनीतिक रोमाञ्चकता ९एडभेन्चर० थेग्न नसक्ने समेत जिकिर गरे। ‘हामी एकदमै स्पष्ट हुन आवश्यक छ,’ थापाले भने, ‘यो समय नेपाली कांग्रेस पार्टीले सम्हाल्ने समय हो। नेपालले अब कुनै पनि पोलिटिकल एडभेन्चर थेग्न सक्दैन।’

२०१७ सालमा राजा महेन्द्रले त्यस्तै राजनीतिक रोमाञ्चकतामा सयर गर्न खोज्दा नेपाल अहिले गरिब देशहरुको सूचीमा पुगेको समेत आरोप लगाए। ‘२०१५ सालमा वीपी कोइराला प्रधानमन्त्री हुनभयो, राजा महेन्द्रले त्यो पोलिटिकल एडभेन्चर नगरेको भए मज्जाले नेपालको राजसंस्था संवैधानिक भएर बस्थ्यो,’ थापाले भने, ‘आज हामीसँग ६५ बर्षको प्रजातान्त्रिक नेपालको हामीसँग अभ्यास हुन्थ्यो। अनुभव हुन्थ्यो। नेपाल अर्कै ठाउँमा पुगिसकेको हुन्थ्यो। बिकासको हिसाबले पनि, सबै हिसाबले।’

उनले थपे, ‘आज हामी कहाँ यस्तो गरिब देशहरुको सूचीमा बसिरहेका हुन्थ्यौं त। हामी त धनी देशहरुको क्लबमा बसेका हुन्थ्यौं होला सायद। राजाको पोलिटिकल एडभेन्चरले डुबायो हामीलाई।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com