ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारको नाममा निर्देशनात्मक आदेश


admin
८ चैत्र २०७४, बिहिबार   ६ : ३०   बजे

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले विदेशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चका तर्फबाट अधिवक्ता प्रेमचन्द्र राईले २०७४ साल वैशाख १४ गते रिट दायर गरेका थिए ।

विदेशमा बसेर देशमा अर्बौँ रेमिट्यान्स पठाउने तर उनीहरुलाई आफ्नो नेतृत्व छान्ने हक नभएको भन्दै मताधिकारको अधिकार दिन परेको रीटमाथि बुधबार सर्वोच्च अदालतका न्यायधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशबाट सरकारको नाममा मताधिकार दिलाउने सम्बन्धमा निर्देशनात्मक आदेश जारी भएको हो ।

विदेशमा बस्ने नेपालीहरुले के कसरी आफ्नो मताधिकार प्रयोग गर्न सक्छन्, त्यसका के कस्ता चुनौती छन् र प्राविधिक विषय कसरी मिलाउन सकिन्छ त्यसबारे कानुन बनाएर व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको छ ।

आदेशको संक्षिप्त विवरण शुक्रबारसम्म आउने बताइएको छ । यद्यपि यसको पूर्ण पाठ आउन भने अझै केही समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहले बुधबार सांसदका प्रश्नको जवाफ दिने

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सम्बन्धित

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu