काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावसँगै केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ।
विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।
मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको अनुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। देशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको गतिविधि बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्