ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

बागलुङ । विकासका नाममा पहाडी क्षेत्रमा जथाभावी सडक खन्ने प्रवृत्तिले बागलुङका विभिन्न बस्तीमा पहिरोको जोखिम बढाएको छ। पछिल्ला वर्षाका क्रममा सडक आसपास खसेका पहिरोका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन्।

गत साउन २८ गते झिसमिसेमै गएको पहिरोले निसीखोला गाउँपालिका–२, देविस्थानको धाराटोलका १० घरमा क्षति पुर्‍याएको थियो। पहिरोका कारण घरहरू चर्किएपछि केही परिवार बेघरबार बनेका छन्। गोठसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीयले पशुचौपायालाई खुला चौरमा बाँध्नुपर्ने अवस्था आएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षणपछि धाराटोलका १७ घर उच्च जोखिममा रहेको यकिन भएको छ भने ४४ घर पहिरोको जोखिममा परेका छन्। पहिरो खस्ने क्रम नरोकिएपछि प्रभावित परिवारहरू छिमेकीको घर तथा बसाइँसराइपछि खाली रहेका जीर्ण घरमा आश्रय लिइरहेका छन्। कतिपय परिवार स्थानीय तहले उपलब्ध गराएको त्रिपालमुनि बस्न बाध्य छन्।

उपल्लो बेङ्ग्री–हाडिचार–बास्खोला गाउँ जोड्ने सडकअन्तर्गत हाडिचार क्षेत्रमा खसेको पहिरोका कारण बस्ती नै विस्थापित हुने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

छिपछिपेकी स्थानीय पार्वती घर्तीमगरले योजनाबिना जथाभावी सडक खन्दा बस्ती संकटमा परेको बताइन्।

‘यो ठाउँमा यसअघि कहिल्यै पहिरो खसेको थाहा छैन,’ उनले भनिन्, ‘बिना योजना जथाभावी बाटो खन्दा अहिले उठिबास लाग्ने अवस्था आयो।’

घरगोठमा क्षति, बस्ती छाड्ने चिन्ता

पहिरो खस्न थालेपछि भागेर ज्यान जोगाउन सफल भए पनि घरगोठमा ठूलो क्षति पुगेको पार्वतीको भनाइ छ। गाउँमा सडक पुग्दा खुसी लागेको भए पनि अहिले त्यही सडकका कारण पहिरोको त्रासमा बस्नुपरेको उनले बताइन्।

‘गाउँमा सडक पुग्दा खुसी थियौँ,’ उनले भनिन्, ‘तर बर्खा लागेपछि पहिरो खस्न थालेपछि निराश हुनुपर्ने दिन आएका छन्।’

जिल्ला विपद् व्यवस्थापन समितिको निरीक्षणपछि गाउँपालिकाको समन्वयमा वडा कार्यालयले तत्काल पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणको काम थालेको छ।

वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार स्थानीय रत्नराज्य माध्यमिक विद्यालयलाई अस्थायी आश्रयस्थल तोकिएको छ। प्रहरी, नेपाली सेना र प्राविधिकको सहयोगमा पहिरो पन्छाउने तथा प्रभावित परिवारको बसोबास व्यवस्थापनको काम भइरहेको उनले बताए।

अन्य स्थानमा पनि उस्तै जोखिम

बागलुङका अन्य स्थानीय तहमा पनि सडक निर्माणसँगै पहिरोको जोखिम बढेको छ। साउन ३० गते गएको पहिरोका कारण बडिगाड गाउँपालिका–९, दर्लिङखोलास्थित बलघाँस र खहरेका आठ घर उच्च जोखिममा परेका छन्।

स्थानीय सुनिता विकका अनुसार बस्ती जोड्ने उद्देश्यले खनिएका सडक आसपास पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेका छन्। हचुवाका भरमा खनिएका सडकले वर्षायाममा बस्तीका बासिन्दालाई रातभर जाग्राम बस्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

त्यस्तै, गत साउन ५ गते हरिचौर–मल्म–पाण्डवखानी–बोंगादोभान मोटरबाटोअन्तर्गत मल्मको काउलेखोलामा पहिरो खस्दा गलकोट नगरपालिका–७ को गैराखर्क बस्तीसमेत जोखिममा परेको छ।

वडाध्यक्ष राज थापाका अनुसार तत्कालका लागि पहिरो पन्छाउने काम गरिएको छ। वर्षा रोकिएपछि पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोजिने उनले बताए।

‘योजनाविहीन सडक विकास होइन, विनासको कारण’

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले विकासका नाममा गाउँगाउँमा डोजर चलाएर जथाभावी सडक खन्ने प्रवृत्तिले पहाडी क्षेत्रमा विपत्ति निम्त्याइरहेको बताए।

उनका अनुसार कुनै प्राविधिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक निर्माण गर्दा प्राकृतिक संरचना कमजोर बन्दै गएको छ।

‘वातावरणीय प्रभाव मूल्याङ्कनबिना निर्माण गरिने सडकले विपद् निम्त्याउँछन्,’ थापाले भने, ‘दिगो सडक निर्माणका लागि योजनाबद्ध रूपमा काम गर्न सके प्राकृतिक विपत्तिको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।’

उनले सडक निर्माणअघि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र वातावरणीय प्रभावको अध्ययन अनिवार्य गर्नुपर्नेमा जोड दिए।

प्रभावित परिवारलाई राहत, दीर्घकालीन पुनःस्थापनाको माग

स्थानीय तहले प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले थप राहत तथा पुनःस्थापनाका लागि केन्द्र सरकारसँग समन्वय गरिरहेको छ।

तर, अस्थायी राहतले मात्र समस्या समाधान नहुने भन्दै स्थानीयवासीले जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्। वर्षा र पहिरोको जोखिम कायमै रहेकाले बागलुङका प्रभावित बस्तीमा तत्काल राहतसँगै योजनाबद्ध पुनःस्थापना र वैज्ञानिक सडक निर्माणको आवश्यकता थप गम्भीर बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu