ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा सक्रिय तीन जना व्यवसायीले आफू आबद्ध वैदेशिक रोजगारसम्बन्धी विभिन्न संघसंस्थाको सदस्यता त्यागेका छन्। मलेसियाको रोजगारीमा सिण्डिकेट गरेको आरोप र व्यवसायी संस्थाभित्र बढ्दो राजनीतिक हस्तक्षेप तथा गैरव्यवसायिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्।

वैदेशिक रोजगार व्यवसायी संघ तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका रघुनाथ पुरी, मिलन कट्टेल र रविन गुरुङले संस्थागत सदस्यता त्यागेको जानकारी दिएका छन्।

उनीहरूले वैदेशिक रोजगार व्यवसायबाहेक अन्य संगठनात्मक गतिविधिमा नरहने निर्णय गरेको बताएका छन्। संघसंस्थामा अनावश्यक राजनीतिक हस्तक्षेप र गैरव्यवसायिक आचरण बढ्दै गएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

द रिभर ओभरसिजका रघुनाथ पुरी वैदेशिक रोजगार व्यवसायी संघ र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च दुवैका सल्लाहकारका रूपमा कार्यरत थिए। त्यस्तै, ट्रष्ट नेपालका रविन गुरुङ प्रगतिशील मञ्चका सल्लाहकार हुन् भने एसिया लिंकका मिलन कट्टेल प्रगतिशील मञ्चका पूर्वमहासचिव हुन्।

मञ्चले गर्‍यो निष्कासनको घोषणा

यसैबीच, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भने तीनै जनालाई संस्थाको साधारण सदस्यबाट निष्कासन गरिएको जनाएको छ।

मञ्चका अध्यक्ष जनक रावलले विज्ञप्ति जारी गर्दै रघुनाथ पुरी, मिलन कट्टेल र रविन गुरुङलाई संस्थाको विधानअनुसार कारबाही गरी साधारण सदस्य पदबाट निष्कासन गरिएको जानकारी दिएका हुन्।

तीन व्यवसायीले भने संघसंस्थाबाट स्वेच्छिक रूपमा अलग हुने निर्णय गरेको बताएका छन्। उनीहरूको सदस्यता त्यागको घोषणा र मञ्चले गरेको निष्कासनको निर्णयसँगै वैदेशिक रोजगार व्यवसायी क्षेत्रभित्रको विवाद थप सतहमा आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu