ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ वर्षमा एमाले नेतालाई ओलीले लगाए सिस्नु


एबीसी न्यूज
१ बैशाख २०८२, सोमबार   ३ : ५८   बजे

काठमाडौं १ बैशाख । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सिस्नु लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपस्थित नेताहरूलाई सुदूरपश्चिमको बिसु पर्व मनाउँदै सिस्नु लगाइदिएका हुन्।

नयाँ वर्षमा सुदूरपश्चिममा बिसु पर्व मनाइन्छ। यस पर्वमा सिस्नु लगाउने गरिन्छ। यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास छ, एमाले सचिव लेखराज भट्टले भने, अध्यक्षले सबै इन्चार्जहरूलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिनुभयो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘वर्ष दिनभरिमा जेजे भयो भयो, अब हाम्रो सम्बन्ध, बिग्रेको कुरा सुधारौँ भन्ने चलन रहेछ, सुदूरपश्चिममा। लेखराज भट्ट सुदूरपश्चिमको पर्नुभयो। सिस्नु लगाउने, अनि मिठाई बाँड्ने चलन रहेछ। करिब ४५ मिनेट समय त्यसले खायो।’

उनले आजको सचिवालय बैठक २ घण्टा बसेको र बैठकमा वैशाख ९ गते र ११ गतेको कार्यक्रममा केन्द्रित भएको पनि बताए।

एमाले वैशाख ९ गते पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम गर्दै छ। त्यस्तै ११ गते एमालेले ४० वर्ष उमेरका एक लाख युवालाई काठमाडौँको टुँडिखेलमा भेला गरेर शक्ति प्रदर्शन गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group