ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनरत शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   १० : ००   बजे

काठमाडौं २ बैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेसहितका विभिन्न माग गर्दै विगत दुई सातादेखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुईजना महामन्त्रीले आज छलफल गरेका छन्।

कांग्रस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन्।

छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका महामन्त्री थापाको सचिवालयले जनाएको छ।

आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन।

नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलन गरिहेका छन्। एक सातासम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि देशव्यापी शैक्षिक हड्तालसहित आन्दोनल जारी राखेका छन्।

सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने आन्दोलनरत शिक्षकको मुख्य माग छ। लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको आरोप लाग्दै आएको छ।

संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ।

शिक्षकहरुको हड्तालले विद्यार्थी भर्ना अभियान पनि प्रभावित भएको छ। आज ९वैशाख २ गते० देखि देशभरका विद्यालयमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका छ।

गत वर्ष पनि यही माग राखेर शिक्षकहरुले आन्दोलन गरेका थिए। आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमती भएको थियो। तर एक वर्ष बित्दासमेत सरकारले सहमती कार्यान्वयन नगरेपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu