ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसापानी–कुईने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता


एबीसी न्यूज
३ बैशाख २०८२, बुधबार   १ : ०६   बजे

काठमाडौं ३ बैशाख । कैलालीको चिसापानी–कुईने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।
वन मन्त्रालयले लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने राष्ट्रिय वनको ८।९२ हेक्टर जग्गा प्रयोग एवम् त्यस क्षेत्रमा रहेको ४७२ वटा रुख हटाउनका लागि पनि सहमति गरेको छ ।

सङ्घीय सरकारले ७।२ किलोमिटर ठेक्का सदर गरे पनि रुख कटानीको आदेश नभएकाले कालोपत्रे सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । रुखले सडक निर्माण कार्य रोकेपछि मुख्यमन्त्री शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई सरोकारवाला निकायका प्रमुखहरुलाई भेटेर सडक निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

चिसापानी–कुईने सडकको ७।२ किलोमिटर खण्डमा कालोपत्रेका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न सकेको छैन । रुख कटान आदेश नआउँदा कालोपत्रे सडक निर्माणको काममा ढिलाइ भइरहेको छ भने, आउँदो असारमा ठेक्काको समावधी पनि सकिँदैछ ।

चिसापानी–कुईने सडक भएर आठ जिल्लाका स्थानीयले तराईसम्म ओहोरदोहोर गर्ने गरेका जनाइएको छ । यो सडक नबन्दा उनीहरुले कठिन यात्रा गर्न बाध्य छन् । सो सडक निर्माणका लागि दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपियाँमा ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group