ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको सह-महामन्त्रीबाट सुमनाले राजीनामा दिने


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   २ : ०८   बजे

काठमाडौं ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।

आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘सांसद र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ झाले नेपालखबरसँग भने, ‘यसमा अन्यथा केही छैन। एक व्यक्ति एक पदको अवधारणाअनुसार उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो। राम्रो अभ्यास, राम्रो संस्कारको लागि आफूले यसो गर्न लागेकोसमेत उहाँले हामीलाई बताउनु भएको छ।’

बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए।

२०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन्।

सभापति रवि लामिछाने पछिल्लो पटक पार्टीमा फर्किएपछि भएको केन्द्रीय समिति बैठकमा उनले पार्टीमा पुनर्संरचना आवश्यक छ भन्ने प्रस्तावसमेत गरेकी थिइन्।

‘त्यसैलाई समर्थन गर्दै उहाँले एक व्यक्ति एक पदको अभ्यास गर्न खोज्नु भएको हो। पार्टीको सचिवालयमा बस्ने अनि विधायिकी भूमिका पनि निर्वाह गर्न गाह्रो हुँदो रहेछ भनेर उहाँले राजीनामा दिन लाग्नु भएको हो। म सांसदकै भूमिकामा केन्द्रित हुन चाहन्छु। त्यहाँ अध्ययन, अनुसन्धान आवश्यक छ भन्ने उहाँको मान्यता छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group