ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जना पक्राउ


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   ८ : ४७   बजे

काठमाडौं ४ बैशाख । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा तोडफोड गर्ने ६ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
गत आइतबार बिहान १० बजेतिर अस्पतालको बोर्ड तोडफोड गरेका उनीहरूलाई बिहीबार आज० साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत हुन नहुने भन्दै बोर्ड फुटाउने हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनील गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि बोर्ड मेटाउन प्रयोग भएको म्याजिक भ्यान मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो।

साविक जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय गरेको थियो।

प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास, सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै राजनीतिक दल, भ्रातृ संगठनसहित विभिन्न समूहले बेलाबेला आवाज उठाउँदै आएका छन्।

यता, पक्राउ परेका ६ जनालाई प्रहरीले हिरासतमा राखेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–१, चाइना क्वार्टर अगाडि टायर बालेर एक घण्टा सडक अवरुद्ध गरेका थिए।

पक्राउ पर्नेहरूको रिहाइको माग गर्दै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले सडक अवरुद्ध गरेका हुन्। उनीहरूले हेटौँडा अस्पतालको संरक्षण गर, पक्राउ परेकालाई रिहा गर लगाएतको नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group