ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ डीआईजी एआईजीमा बढुवा सिफारिस


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   ९ : ०५   बजे

काठमाडौं ४ बैशाख । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक डीआईजी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन्।

उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन्।

बाँकी ३ जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली नै बढुवामा छुटेको छ।

खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका थिए। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए।

खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। यी तीनै जना प्रहरी महानिरीक्षक दीपक थापासँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेर वैकल्पिक सूचीमा रहेका र २०५२ कात्तिकमा भर्ना भएका थिए।

उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने सम्भावना पनि छ। शर्मासँगै डीआईजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी पनि एआईजी बनेका छन्। तर केसीलाई भन्दा अगाडी अधिकारीलाई ल्याइएको छ।

कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुख, अधिकारी कोसी प्रदेश प्रहरी प्रमुख र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली भने यसपटक पनि बढुवामा छुटेको छ। यसअघि रवि लामिछानेले शाहको टोलीलाई छुटाएर २०५४ को टोलीलाई अगाडी बढाएका थिए। अहिलेको सरकारले पनि त्यही टोलीलाई अगाडी बढाएको हो।

शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भए। उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक यसपटक पनि पछि परे। डीआईजीमा अन्याय भएको भन्दै एआईजीमा अगाडि आउनु पर्ने उनीहरूको जोड थियो।

जनपदतर्फ ८ जना एआईजीको दरबन्दी रहेको प्रहरीमा अहिले २ जना मात्रै कार्यरत छन्।

प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै कार्यरत छन्। प्रहरी प्रधान कार्यालयका ५ वटा विभाग र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० समेत प्रमुखविहीन भएको छ।

प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवस्रोत विकास विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमै एआईजी छैनन्। यी विभागको प्रमुख एआईजी हुन्छन्।

यस्तै सीआईबीका प्रमुख रहेका दीपक थापा आईजीपी भएपछि त्यो पद पनि रिक्त छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group