ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुडासैनीको उज्यालो खोजिरहेको घाम लोकार्पित


admin
८ चैत्र २०७४, बिहिबार   ९ : ५१   बजे

काठमाडौँ, ८ चैत । महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को नवीन कवितासङ्ग्रह उज्यालो खोजिरहेको घाम एक समारोहका बीच आज लोकार्पण गर्नुभएको छ ।

सो समारोहमा महालेखा परीक्षक दङ्गालले साहित्यकारहरूले नै राष्ट्रलाई बाटो देखाउने भएकोले राष्ट्रले साहित्यकारहरूको उचित सम्मान गर्नुपर्ने कुरा बताउनुभयो । थोरै शब्दमा सुललित ढङ्गबाट काव्य सिर्जना गर्नुमा कविको बेग्लै पहिचान हुन्छ भन्ने उहाँको भनाइ थियो ।

उक्त कविता सङ्ग्रहमा कवि पुडासैनीले वि.सं. २०७० भाद्र र आश्विनमा नेपालको विकट जिल्ला मुगुमा रहेर रचिएका कविताहरूलाई समावेश गरेका छन् । नेपालका हिमाली तथा पहाडी क्षेत्रहरू सौन्दर्यशाली, वैभवयुक्त र ओजस्वी भएर पनि निरिह बन्नु परेको प्रसङ्गहरूलाई उज्यालो खोजिरहेको घाममा समेटिएको प्रसङ्ग कवि पुडासैनीले बताउनु भएको छ । एकचालिस कविताहरू समावेश उक्त कृतिमा पुडासैनीले कवितामै आफ्नो भूमिका लेख्नु भएको छ ।


उक्त पुस्तकको भूमिका लेख्ने क्रममा वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवाली लेख्छन्— उज्यालो खोजिरहेको घाम सङ्ग्रहका कविताले त्यस्तो स्थानका जनताको जीवनस्थिति लाई सम्बोधन गरेका छन् जहाँका जनताले राज्यको उपस्थिति कहिल्यै महसुस गर्न पाएका छैनन् । यी कविताहरूले असहायपनको कहालीलाग्दो सन्त्रासमा बाँच्न विवश जनताको वेदना, बोल्छन्, एक छाक भातका लागि यौवन बेच्न विवश पारिएका नारीको कथा भन्छन्, दुई माना चामल पाउनका लागि पुरै दुई दिन चर्को घाम सहदै पट्यारलाग्दो लाममा बस्नुपर्ने र चाँडै चामल पाउन चाहने नारीले इज्जत सुम्पनु पर्ने अवस्थाको मर्मस्पर्शी चित्रण गर्छन् । अनकण्टारको भूगोल जत्तिकै अनि कष्टकर जीवनको व्यथा प्रस्तुत गर्छन् र प्रकृतिको मनोरम सौन्दर्य जस्तै सुन्दर जीवनका लागि भावपूर्ण कामना गर्छन् ।’

पुडासैनीले यतिखेर हिमाली साहित्य सिर्जनामा कम्मर कसेर लागेका छन् । पुडासैनीले जसरी कविता र नियात्राको माध्यमबाट हिमाली संस्कृति, भूगोल, प्राकृतिक वैभव र हिमाली संभावनाहरूलाई उजागर गर्ने हो भने विश्व साहित्य भण्डारमा हिमाली साहित्यले प्रमुख स्थान ओगटने कुरामा शङ्का नरहेको विचार वरिष्ठ समालोचक डा. खेम कोइराला बन्धुले बताए ।

प्रकाशन संस्था दोभान प्रकाशनकी प्रमुख बालिका गिरीले– उज्यालो खोजिरहेको घाम दामोदर पुडासैनी ‘किशोर’ले रचेका हिमाली समयको चित्र हो । यी कविताहरू आँचलिक स्वादका अब्बल उदाहरण हुन् । पुडासैनीका कविताहरू ललित काव्यका रोमाञ्चक यात्राहरू मात्र होइनन्, हिमाल र पहाडका रहस्यपूर्ण ज्योति, प्रकृतिको सुगन्धित वास्ना, हिमाली र पहाडी धुकधुकीको आलो वर्तमान पनि हुन् । यी कविताहरूमा अनुभूतिका आकर्षक रङहरू छन्, मानवीय संवेदनका आकृतिहरू छन्, मानव र प्रकृतिका स्पन्दनहरू सुन्दर र जीवन्त बनेर उठिरहेछन्, त्यसैले हामीले यो कृति प्रकाशमा ल्याएका हौ’ भन्नुभयो ।

पुडासैनीको यस अघि आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कवितासङ्ग्रहहरू, यात्राका प्रेमिल तरङ्गहरू, मायालु हुम्ला, नमेटिएका चित्रहरू, सीमानाका रङ्ग ः सीमानाका तरङ्ग, पर्खालभित्रको राजधानी जस्ता नियात्राहरू र धर्मको ह्याङ्ओभर नामको दर्शनकृतिहरू प्रकाशित छन् ।

लायन्स क्लवद्वारा नेपालका राय उत्कृष्ट स्रष्टाको रुपमा पुडासैनीलाई गत फागुन महिनामा पोखरामा रथारोहण गरि नागरिक अभिनन्दन गरिएको थियो । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत पुडासैनी हालै नर्वेको भ्रमण सकेर स्वदेश फर्कनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group