ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कुलिङ पिरियड’मा विभेदकारी व्यवस्था, राज्यव्यवस्था उपसमिति सदस्यकै असहमति


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   १ : २७   बजे

काठमाडौं १० बैशाख । राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु माथि छलफल गर्न कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनको ुकुलिङ पिरियडु सम्बन्धी व्यवस्थामा उक्त उपसमिति सदस्यले नै असहमति जनाएका छन् ।

कांग्रेस सांसद इश्वरी न्यौपानेले कुलिङ पिरियडका सम्बन्धमा अवकाश भएर जाने कर्मचारीहरूबीच नै विभेद हुने व्यवस्था राखिएको भन्दै असहमति जनाएकी हुन् । उपसमितिको बैठकमा आफू उपस्थित नभएको दिन त्यो व्यवस्था पारित भएको हुनसक्ने बताउँदै न्यौपानेले कुलिङ पिरियडबारे थप छलफलको आवश्यकता रहेको बताइन् ।

राज्यव्यवस्था समितिको बुधबारको बैठकमा सांसद न्यौपानेले कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठ हुने र त्यसैका आधारमा नियुक्ति हुने परम्परा तोड्नका लागि सबैलाई समान रूपमा लागु हुने गरी कुलिङ पिरियड लाग्नुपर्ने बताइन् । ुमुख्यसचिव भन्दा तलको पद राजदूतमा किन जानुपर्ने रु कुलिङ पिरियड कति राख्ने भन्ने विषयमा छलफल गरौं, उनले भनिन्, ुन्यायाधीश र राजदूत बन्नका लागि कुलिङ पिरियड लागु नहुने भन्ने किन राख्नुपर्‍यो

कांग्रेसकै सांसद हृदयराम थानीले पनि कुलिङ पिरियड २ वर्षकै लाग्नुपर्ने बताए । उनले भने, ुकुलिङ पिरियड १ वर्षमा राख्नु हुँदैन । देशको हित र हाम्रो हितका लागि पनि कुलिङ पिरियड १ वर्ष मात्रै राख्नु हुँदैन, २ वर्ष हुनैपर्छ ।ु

१ वर्षको मात्रै कुलिङ पिरियड लागु गर्दा त्यसको औचित्य पूरा नहुने थानीको भनाइ छ । उनले पनि कुलिङ पिरियड न्यायाधीश र राजदूत बन्नका लागि पनि समान रूपमा लाग्नुपर्ने बताए ।

उपसमितिले उच्चपदस्थ कर्मचारीबाट अवकाश भएपछि न्यायाधीश र राजदूत बन्नका लागि कुलिङ पिरियड नलाग्ने प्रस्ताव ल्याएको छ । उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष माओवादीसँगै रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, जसपा नेपालले विरोध जनाएका छन् ।

सत्तारुढ कांग्रेसका सांसदहरूले पनि कुलिङ पिरियड २ वर्षको हुनुपर्ने र सबैलाई समान रूपमा लाग्नुपर्ने बताउँदै आएका छन् । एमालेका सांसदहरूले भने कुलिङ पिरियड १ वर्ष मात्रै राख्नुपर्ने र केही पदमा लाग्न नहुने कानुन बनाउनुपर्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu