ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताले राखे यस्तो धारणा..


admin
९ चैत्र २०७४, शुक्रबार   ५ : ४५   बजे

 

काठमाडौं, ९ चैत । पार्टी कार्यालय सानेपामा शुक्रबारबाट जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष तीन नेताले आफ्नो धारणा राखेका छन्। बैठकमा पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नेता नारयण खड्काले आफ्नो धारणा राखेका छन्।

उनीहरुले अहिले पार्टीमा देखिएका कमजोरी र अबका दिनमा पार्टीले चाल्नु पर्ने कदममा नेतृत्वले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्ना धारणा राखेका छन्।

पूर्व महामन्त्री कृष्ण सिटौलाले शीघ्र महाधिवेशनको माग गर्दै नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामान्तवादी व्यवहारका कारण कांग्रेसले चुनाव हारेको विश्लेषण गरे ।

उनले चुनावको समयमा स्पष्ट नीति, आगामी कार्यदिशा र योजना दिन नसकेको दाबी गर्दै गल्ती स्वीकार्नको लागि आग्रह गरे। उनले चुनावको समयमा कोसँग तालमेल गरियो र किन गरियो भन्ने कारण दिन नसक्दा पनि हारलाई सहयोग पुगेको बताए। ‘हामीले विभिन्न ठाँउमा तालेमेल गरेका थियौ, हामीले सहयोग गर्ने हामीलाई सहयोग नगर्ने अवस्था कसरी आयो’ नेता सिटौलाले भने।

तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, लोकतान्त्रिक गठबन्धन लगायतका विषयमा आफूले समयमै नेतृत्वलाई सचेत गराएपनि सुनुवाई नभएको उनले बताए ।

देउवाले एकलौटी ढंगले निर्णय गर्नुका साथै टिकट वितरणमा मनोमानी गरेको उनको आरोप छ ।

त्यस्तै अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको पहिलो सरकार गिराउनुनै कांग्रेसको भूल भएको बताए। उनले कांग्रेसमा वैचारिक विचलन र विचारको अपव्याख्या भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए।

उनले वैचारिक एवम् सांगठनिक आधार, पार्टी नेतृत्व एवम केन्द्रीय कार्यसमिति र नेतृत्वमा रहनेहरूको क्षमता, दक्षता र कार्य कुशलता, समग्र निर्वाचनको व्यवस्थापकीय पक्ष सबैलाई एकमुष्टसँग केलाएर पार्टी पराजयको समीक्षा गर्नुपर्ने बताए।

उनले सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र कांग्रेसलाई पुनःस्थपित गर्न संभव नहुने उल्लेख गर्दै यसका लागि गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए।

उनले आफ्नो वक्तव्यमा सभापति शेरबहादुर देउवाप्रति कडा आलोचना गर्दै उनको नेतृत्वमा कांग्रेस इतिहासमै कमजोर भएको आरोप पनि लगाए।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले अब कांग्रेसलाई राम्रो बनान गुटको राजनीति छोड्नु पर्ने बताउँदै त्यसको नेतृत्व पार्टी सभापतिले लिनुपर्ने बताए। गुटरहित कांग्रेसको अभियान चाल्न सभापति देउवासँग खड्काले आग्रह गरे। ‘कमजोरहरुले मात्रै गुट उपगुटको राजनीति गर्ने हो। अब कांग्रेस गुटरहिन बन्नुपर्छ, त्यस अभियानको नेतृत्व सभापतिले लिनुपर्छु’, नेता खड्काले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group