ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो


abc news
२७ बैशाख २०८२, शनिबार   ८ : ०४   बजे

काठमाडौं, २७ वैशाख । बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। भारतको खुला सीमा नेपालसँग जोडिएकाले उच्च सतर्कता घोषणा गरिएको छ।

भारत–नेपाल सीमा क्षेत्रमा पनि अब सुरक्षा बढाइएको छ। थप सुरक्षाकर्मीहरू सीमामा खटाइएका छन्। दिनसँगै राति पनि कडा गस्तीको निर्देशन दिइएको छ। प्रहरी र एसएसबी ९सशस्त्र सीमा बल० का जवानहरू दुर्गम तथा कच्ची सडकमा पनि निगरानीमा निस्केका छन्।

उता उत्तर प्रदेशको पिलीभीत क्षेत्रमा शुक्रबार दिउँसो ‘यलो अलर्ट’को अभ्यास गरिँदै सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउने कोसिस गरिएको छ। जिल्ला अधिकारी ९डीएम० र प्रहरी प्रमुख ९एसपी०ले सहरको निरीक्षण गरेका छन्।

सीमामा थप फोर्स तैनाथ

तनाव बढेपछि सीमावर्ती इलाकामा निगरानी कडा पारिएको छ । नेपालतर्फ खुला सीमा रहेका कारण शुक्रबार निर्देशनअनुसार थप फोर्स पठाइएको छ। क्षेत्रीय प्रहरीसहित पीएससीका दुई टोलीहरू सीमामा तैनाथ गरिएका छन्।

प्रहरी र एसएसबीले संयुक्त रूपमा सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका छन् । आवतजावत गर्ने नागरिकहरूको कडाईका साथ जाँच भइरहेको छ। पक्की सडकसँगै कच्ची बाटोमासमेत विशेष निगरानी राखिएको छ । नदी करिडोरमा पनि निगरानी कडा बनाइएको छ।

पुलिस र एसएसबीको संयुक्त गस्ती

उत्तरप्रदेशको पिलीभित क्षेत्रमा सतर्कता अपनाइएको छ। यसअघि त्यहाँ मोक ड्रिल पनि गरिएको थियो। शहरको सुरक्षा व्यवस्थामा निगरानी बढाइएको छ।

सीमा क्षेत्रमा थप प्रहरी फोर्स तैनाथ गरेर निगरानीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ। पिलभितका प्रहरी प्रमुख अभिषेक यादवले संयुक्त रूपमा नियमित गस्ती गरिरहेका बताएका छन्।

नेपाली सीमामा कडा सुरक्षा

उत्तरप्रदेशको लखिमपुर खिरी जिल्लासँग जोडिएको भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गौरीफन्टा नाकामा उच्च सतर्कता लागू गरिएको छ।

लगातार तेस्रो दिन शुक्रबार एसएसबीले सीमा क्षेत्रमा कडाईका साथ जाँच र गस्ती बढाएको छ। मोहना नदीको घाट क्षेत्रमा पनि गस्ती र पेट्रोलिङ बढाइएको छ।

नेपाल आवतजावत गर्ने व्यक्तिहरू तथा सवारी साधनलाई कडाईसाथ जाँच भइरहेको छ। परिचयपत्रसहितका प्रमाणहरू जाँच्नुका साथै सवारी साधन चेक गरेर यात्रुसँग सोधपुछको क्रम बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group