ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उखुको भुक्तानी दिलाउन तत्काल पहल गरिन्छ – मुख्यमन्त्री राउत


admin
११ चैत्र २०७४, आइतबार   ५ : ४६   बजे

सर्लाही, ११ चैत । प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहम्म्द लालबाबु राउतले किसानको उखुको भुक्तानी दिलाउन आफुले तत्काल पहल गर्ने बताएका छन । उखुको भुक्तानीको माग गर्दै किसानले सुरु गरेको आमरण अनसन र किसानको अवस्था बुझ्न आईतबार दिउँसो सर्लाही आउनु भएका मुख्य मन्त्री राउतले आमरण अनसन मै पुगेर किशान हरुका माझ यस्तो बताएका हुन।

भुक्तानी रोकिएको कारण किसान भोकभोकै वस्नुपर्ने अवस्था सिर्जना भएको जानकारी आफुसम्म आएको भन्दै उद्योगले कुनै पनि बहानामा किसानको उखूको भुक्तानी रोक्न नमिल्ने बताएका थिए।

प्रदेशका जनताको समस्याको समाधान प्रदेश सरकारले नै गर्ने भएकोले आफु नेतृत्वको सरकारले किसानलाई उखुको भुक्तानी दिलाउन कटिवद्ध रहेको बताउदै आजै बार्तामा बसि भुक्तानीका लागि टुङ्गो लगाएरै छाड्ने मन्त्री राउतको भनाई थियो । त्यसको लागी उधोगी संग बार्तामा बसि भुक्तानी को लागी पहल थाल्ने प्रतिबद्दता समेत किसान माझ गरेका छन।

किशानको समस्या लाई पुरा गर्न र उधोगी संग बार्तामा बस्न प्रदेशका कृषि मन्त्री शैलेन्द्र साह, उद्योग मन्त्री रामनरेश राय सँगै अन्य उच्चअधिकारीका साथ सर्लाही आएका मुख्य मन्त्री राउतले उखुको भुक्तानी समयमै नहुनुमा प्रसासनको समेत हात रहेको उल्लेख गर्दै प्रशासन लाई आरोप लगाउन समेत पछि परेनन ।

उनले प्रशासन प्रती आरोप लगाउदै सानो सानो सामान ल्याउने नागरीकलाई सिमामा कडा गर्ने प्रशासन ट्रकका ट्रक भारतीय उखु नेपाल भित्रिदा समेत मुकदर्शक भएर बसेको बताए। त्यस्तै उहाँले उद्योगहरुले सर्बप्रथम नेपाली किसानको उखूलाई प्राथमिकता दिनु पर्ने र यहाँका उखु क्रसिङ्ग गरि सके पछि मात्रै बाहिरबाट आएको उखु स्वीकार गर्नुपर्ने धारणा राखेका थिए।

त्यस्तै विभिन्न खाले उद्योग तथा फ्याक्ट्रहरुबाट निस्कने धुँवा, धुलो, प्रदुषण र दुर्गन्ध नियन्त्रण गर्नु पनि स्वयम उद्योगकै दायित्व भएकोले वातावरणमा असर गर्ने गरी संचालनमा रहेका उद्योगलाई कार्वाही गर्न र त्यस समन्धी तत्काल उधोग हरु नलागे आफु उधोग लाई कार्बाही गर्न पछि नहट्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नम्बर २ का महान्यायधिवक्त दिपेन्द्र झा, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, अशोक यादव, उपेन्द्र सिंह, पूर्व सांसद हरि उप्रेती, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सुरक्षा निकायका प्रमुख, विभिन्न नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, हरिवनका सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न राजनितीक दलका प्रतिनिधी, किसान संघसंगठनका प्रतिनिधी, उखु किसान लगायतको उलेख्यरुपमा उपस्थिती रहेको आन्दोलनका अगुवा एवं किसान नेता राजकुमार उप्रेति ले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहले बुधबार सांसदका प्रश्नको जवाफ दिने

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सम्बन्धित

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu