ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक सञ्चालनको २२ वर्षपछि जुम्लिखोलामा पक्की पुल


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   ११ : ४७   बजे

काठमाडौ १६ जेठ । बागलुङको जैमिनी नगरपालिका–१ मा पर्ने जुम्लीखोलामा पक्की पुल निर्माण गरिएको छ । सडक सञ्चालनमा आएको २२ वर्षपछि जुम्लिखोलामा पक्की पुल निर्माण सुरु भएको हो ।

वि।सं। २०५६ सालदेखि निर्माण सुरु भएको सडकमा वि।सं। २०६५ देखि यातायात सञ्चालनमा आए पनि पक्की पुल नबन्दा बर्खायाममा यातायात ठप्प हुँदै आएको थियो । वर्षातका कारण खोलामा निर्माण भएको सडक हरेक बर्ष बगाउने, पैदलयात्रीलाई समेत कठिन हुने गरेको थियो ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले २०८१ साल असार २३ गते पुल निर्माणका लागि बिमए÷जयकालीका भगवती जेभीलेलाई जिम्मेवारी दिएको थियो । २०८२ साल पुस १५ गते निर्माण सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले बताउनुभयो । जुम्लीखोलामा १५।८० मिटर लामो र ८।४० मिटर चौडा पुल बन्ने छ ।

पन्तका अनुसार एक करोड ९४ लाख ५१ हजार ९६४ लागतमा निर्माण सुरु भएको पुल हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको सकेको छ । ‘‘असजिलो काम सम्पन्न भइसकेको छ,’’ इन्जिनियर पन्तले भन्नुभयो, ‘‘सामान्य काम मात्रै बाँकी रहेको छ । सम्झौता मिति अगावै पुल निर्माण सम्पन्न गछौं ।’’

पुलको इस्टक्चर बनेर स्ल्याप राख्ने काम सकिएको पन्तले बताउनुभयो । ‘‘निकै मेहनतपछि जुम्लीखोलाको पुल तयार हुने अवस्थामा पुगेको छ । पुल बनाउँदा महत्त्वपूर्ण कुरा मुख्य इस्टक्चरको हो, पुलमा मुख्य इस्टक्चर बनेर स्ल्याप राख्ने काम सकिएको छ,’’ सिडिबिई पन्तले भन्नुभयो ।

जुम्लीखोला पुल बनेपछि जैमिनीसहित दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सहज रूपमा यात्रा गर्न पाउने सवारी चालक दिपेन्द्र आचार्यले बताउनुभयो । ‘‘बर्खायाममा खोलामा पानीको बहाव ठुलो हुँदा सडक नै बगाउने गर्दा समस्या हुने गरेको थियो,’’ सवारी चालक आचार्यले भन्नुभयो, ‘‘पक्की पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएमा बाह्रै महिना सवारी सञ्चालनमा सहज हुनेछ ।’’

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले पुल निर्माणले जैमिनी नगरपालिका र दक्षिण बागलुङको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले सडक सञ्चालनमा आएको २२ वर्ष पुग्दा समेत उक्त खोलामा पुल नहुँदा बाह्रै महिना सडक सञ्चालनमा समस्या आउने गरेकोमा अब त्यसको अन्त्य हुने बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा २०५६ सालमा निर्माण सुरु भएको दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि यो सडकका केही जोखिमपूर्ण खोलाहरुमा पक्की पुल बन्न सकेका थिएनन् ।

यही सडकअन्तर्गत यसैवर्ष जैमिनी नगरपालिका–९ र १० को सिमानामा पर्ने ठेउलेखोलाको रुम्टामा पक्की पुल निर्माण भइरहेको छ । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group