ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालको सिमामा पिल्लर गाड्न सुरु, स्थानीयको विरोध


abc news
१७ जेष्ठ २०८२, शनिबार   ६ : २३   बजे

काठमाडौ १७ जेठ । फेवा तालको सिमामा पिल्लर गाड्न सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पिल्लर गाड्ने कामको शुभारम्भ गरेका हुन् ।

तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवा तालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो । उक्त समितिले फेवा ताल छुट्याउने गरी डिजिटल रुपमा एक हजार ५५ वटा पिल्लर गाडिएको थियो । सोहीअनुसार शनिवार देखी भौतिक रुपमा पिल्लर गाड्न थालिएको हो । पहिलो दिन १० वटा पिल्लर गाडिएको पोखरा महानगरपालिकाले जनाएको छ । त्यसपछि निरन्तर पिल्लर गाड्ने काम हुनेछ । पिल्लर गाड्न पुगेको मुख्यमन्त्री, मेयरविरुद्ध केही स्थानीय नाराबाजी गरेका थिए । उनीहरुले स्थानीयसँग सरसल्लाह नगरी पिल्लर गाडिएको भन्दै विरोध जनाएका हुन् ।

सर्वोच्च अदालतको परमादेश आएको २३ महिनापछि फेवा तालको नयाँ क्षेत्रफल कायम गरेको थियो । नयाँ विवरणअनुसार फेवा तालको क्षेत्रफल ६।३४३ वर्ग किलोमिटर अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम रहेको छ । यसअघि पुण्य पौडेल संयोजकत्वको समितिले फेवा तालको क्षेत्रफल ५।७२६ वर्ग किमी ९११ हजार २५५ रोपनी० कायम गर्दै प्रतिवेदन निकालेको थियो । उक्त प्रतिवेदनभन्दा यसपालि फेवा तालको क्षेत्रफल १२ सय १३ रोपनीले वृद्धि भएको हो ।

सहजीकरण समितिले २०८० माघ ११ मा फेवा तालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले तालको सिमाना यकिन गर्नका लागि डिफेरेन्यिलय ग्लोबल पोजसिनिङ सिस्टम र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको क्रममा २९ वटा मुख्य विन्दुहरुमा ४० सेमी उचाइका पिल्लर जमिनमुनि गाडिएको र यसका आधारमा ९ हजार नियन्त्रण विन्दु कायम गरिएको थियो ।

सर्वोच्च अदालतले २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उक्त परमादेशको पूर्णपाठ त्यसको ३ महिनापछि अर्थात असोज ९ गते सार्वजनिक भएको हो ।

उक्त पूर्ण पाठमा वर्षायामको उच्चतम पानीको बिन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन परमादेश जारी गरेको थियो । यस्तै उक्त आदेशमा २०३१ पछि दर्ता भएका फेवा तालका जग्गामा मुआब्जासमेत दिन नपर्ने उल्लेख गर्‍यो ।

तर, त्यसको २० महिनापछि मात्रै बल्ल सिमाङ्कनको काम सकिएको छ । २०८० मङ्सिर १३ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिले हालसम्म सिमाङ्कनको काम सकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

मधेसवादी दलको फेरि एकता : संघीयता जोगाउने मोर्चा कि सत्ताको नयाँ समीकरण ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu