ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु


abc news
२९ जेष्ठ २०८२, बिहिबार   १२ : ०६   बजे

काठमाडौ २९ जेठ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो।

गएको आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ। सहमतीबाट नेतृत्व चयन हुन नसकेपछि अनेरास्ववियुले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो।

केही बेरअघिबाट ४३ वटा इलेक्ट्रिक भोटङ मेसिन मार्फत मतदान सुरु भएको हो। मतदान साँझ ४ बजेसम्म हुनेछ।

गएको आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए।

यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।

अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्।

महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।

यतिबेला निर्वाचन स्थलमा उम्मेदवारहरु विभिन्न ढंगले मत मागिरहेका छन्।

३२ वर्षे उमेर हद लागु भएसँगै नेतृत्वका दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्। अब अनेरास्ववियुको नेतृत्व सचिव तहमा आउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group