ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी आन्दोलन कसैले तुहाउन सक्दैन- कमल थापा


abc news
२९ जेष्ठ २०८२, बिहिबार   ६ : ०४   बजे

काठमाडौ २९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताएका छन्।

राजा महेन्द्रको १०५ औँ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व। श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने दाबी गरे।

उनले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गरे। अध्यक्ष थापाले केही कमी, कमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गरे।

जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकतावद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गरे।

उनले भने, ‘कतिपय साथीहरूलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा छ। आन्दोलन अब असफल भएको हो कि, तुहिएको हो कि भन्ने चिन्ता रहेको हामीले पाएका छौँ। म बढो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, केही व्यक्ति विशेषले चाहँदैमा, नचाहँदैमा अब यो जनताको परिवर्तनको चाहानालाई कसैले तुहाउन सक्दैन। आन्दोलन जारी छ।’

उनले केही कमीकमजोरीहरू रहेको भन्दै त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्‍याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने दाबी गरे।

उनले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group