ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा कांग्रेस-एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ३ : ५६   बजे

काठमाडौ ३० जेठ । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले० र प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार शुक्रबार सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

यो पनिस् भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तापक्ष तयार, छानबिन समिति भने नबनाउने

भिजिट भिसा प्रकरणमा सुरूमा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायत गृहमन्त्री रमेश लेखकको राजीनामा र जाँचबुझ आयोग वा संसदीय छानबिन समिति गठनका पक्षमा थिए।

तर कांग्रेस र एमाले ती विषयमा सकारात्मक नहुँदा माओवादी र एकीकृत समाजवादी भने नरम भएका थिए।

कांग्रेस(एमाले र माओवादीबीच भएको सहमतिको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उल्लेख छ।

दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यद्यपि यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।

अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश छ।

भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन त हुनेछ तर त्यसका लागि न जाँचबुझ आयोग बन्नेछ न संसदीय समिति। छानबिन गर्न सरकारले नै संरचना बनाउनेछ।

कांग्रेस(एमाले र माओवादीबीच बिहीबार नै यो दुई बुँदामा सहमति बने पनि हस्ताक्षर भएको थिएन।

रास्वपाले आफूहरूलाई समय दिन माग गरेको थियो।

रास्वपालाई खाली ठाउँ राखेर तीन दलबीच आज सहमतिमा हस्ताक्षर भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए।

रास्वपा भने गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा छ।

जेठ १५ गते बजेट पेस गर्न दिएका प्रतिपक्षी दलहरूले त्यसपछि प्रतिनिधि सभा बैठक निरन्तर रूपमा अवरोध गर्दै आएका छन्।

यसबीचमा सदनको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी अध्यक्ष प्रचण्ड लगायतले पहल गर्दै आएका थिए।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि उक्त समयमा बस्न सकेन। बैठक आज अपराह्न ३स्१५ बजे बस्ने गरी सूचना टाँस भएको थियो।

यस्तो छ सहमति पत्र

विगत केही दिनदेखि प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारू गर्न दलहरूबीच भएको सहमति

१। भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२। अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group