ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकसँगको सहमति कार्यान्वयनमा सरकार उदासीन देखियो- अध्यक्ष प्रचण्ड


abc news
९ असार २०८२, सोमबार   ११ : ४६   बजे

काठमाडौ ९ असार । नेपाल शिक्षक महासंघका पदाधिकारीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा आज भेटवार्ता गरेका छन्।

भेटका क्रममा महासंघका प्रतिनिधिले सरकारले शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका छन्। प्रचण्डसँगको भेटका क्रममा उनीहरुले सरकार र शिक्षक महासंघबीच भएका सहमति तुरुन्त कार्यान्वयनका लागि विपक्षी दलको बलियो साथको अपेक्षा राखेको पनि बताएका छन्।

शिक्षकका माग गुनासो र माग सुनेपछि प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताएका उनको सचिवालयले जनाएको छ।

‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँगसमेत गाँसिएको छ,’ प्रचण्डले भने, ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय गर्दा पनि सरकारले ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नपाओस् भन्ने सोचेका थियौँ।’

प्रचण्डले शिक्षकका जायज माग कुनै सर्तबिना तुरुन्त पूरा गर्नु पर्नेमा जोड दिए। उनले शिक्षक मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्ने प्रतिवद्धता पनि जनाए।

प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नु पर्ने आवश्यकतामा उनले जोड दिए।

भेटमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेल लगाएत पनि सहभागी थिए।

भेटका क्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिन प्रचण्डलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group