ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् प्रतिकार्यका लागि ३ ठाउँमा हेलिकप्टर तयारी हालतमा राखिएको छ – गृहमन्त्री


abc news
१० असार २०८२, मंगलबार   ११ : ५६   बजे

काठमाडौ १० असार । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन्।

मंगलबार काठडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका ३ स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘ सिमित स्रोत साधनकाबीच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए। ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,’ लेखकले भने, ‘जुनसुकैबेला जे सुकै हुनसक्छ। बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम ९काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर० बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group