ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधेयकमा पनि अदालत पस्यो, असाधारण क्षेत्राधिकारको दुरुपयोग भइरहेको छ- सांसद घिमिरे


abc news
१६ असार २०८२, सोमबार   ११ : ५०   बजे

काठमाडौ १६असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले संसदले पास गरेको विनियोजन विधेयकहरूमा पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो नभएको बताएका हुन्।

संसदीय सुनुवाइ समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको सुनुवाइ चलिरहेको छ। थापाले कार्ययोजना प्रस्तुत गरेपछि सांसद घिमिरेले न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी पनि गरे।

सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने परिपाटी अन्त्य गर्ने योजनाबारे उनले प्रश्न पनि गरे।

उनले भने, ‘न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भयो। सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने भएको छ। सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्त जुन छ, यसमा यो उल्लंघन हुन थालेको देखिएको छ। एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ। यसलाई रोक्नै पर्छ। यो रोकिएन भने एक प्रकारको असामञ्जस्य निर्माण गर्दछ। विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको देखिएको छ। अदालतले कानुनको व्याख्या, संविधानको व्याख्या गर्ने हो। कुनै कानुन संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो। तर त्योभन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन। यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ।’

घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको पनि बताए।

असाधारण अधिकार क्षेत्र भनेर कार्यान्वयन नै हुन नसक्ने अस्वाभाविक र अव्यावहारिक निर्णय गरिदिने गरेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group