ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनले बर्खास्त गरेका पूर्वमन्त्री मृत फेला परे


abc news
२४ असार २०८२, मंगलबार   ८ : ०७   बजे

काठमाडौं, २४ असार । रूसका पूर्व यातायात मन्त्री रोमान स्टारोभोइत मृत अवस्थामा फेला परेका छन् । रूसको अनुसन्धान समितिका अनुसार, उनलाई सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए ।बीबीसीका अनुसार, उनलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको थिएन । केही समयपछि नै उप-यातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो ।अनुसन्धान समितिले घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ। स्टारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो। यसअघि उनले करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रको गभर्नरका भूमिकामा काम गरेका थिए । सोमबार स्टारोभोइतको मृत्युको घोषणा हुनुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग कुर्स्कमा भएका घटनाका कारण राष्ट्रपति पुटिनले स्टारोभोइतमाथिको विश्वास गुमाए हुन् भनेर सोधेका थिए । जवाफमा पेस्कोभले भने, ‘यदि विश्वास गुमाएका भए राष्ट्रपतिको आदेशमै त्यसबारे उल्लेख हुनेथियो । त्यस्तो कुनै शब्द प्रयोग गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group