ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि मानवशास्त्र विभागको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू


abc news
४ श्रावण २०८२, आइतबार   ५ : १४   बजे

काठमाडौ ४ साउन । त्रिभुवन विश्वविद्यालय त्रिवि को मानवशास्त्र र समाजशास्त्र विभाग छुट्टिएपछि पहिलो पटक मानवशास्त्र विभागले आयोजना गरेको नेपाल तथा हिमालको मानवशास्त्रसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ ।

ललितपुरमा आजदेखि शुरू भएको सम्मेलनमा मानवशास्त्रभित्रका संस्कृति, यसभित्रका विभेद, जीवनपद्धति तथा नयाँ खालका ज्ञानका बारेमा छलफल भइरहेको आयोजक मानवशास्त्र विभागका प्रमुख प्रा। डा। विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई समेटेर उनीहरूका फरक बुझाइको सम्मान गर्न पनि यो सम्मेलन महत्त्वपूर्ण रहेको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रा। सुरेश ढकालले मानवशास्त्रले मानवका शारीरिक, सांस्कृतिक, सामाजिक, भाषिक, मनोवैज्ञानिकलगायतका बृहत् विषयमा अध्ययन गर्ने र यो समयसँगै परिवर्तन हुँदै गएको बताउनुभयो ।

मानवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मका सम्पूर्ण सामाजिक–सांस्कृतिक विषयवस्तुहरूको अध्ययन गर्नुका साथै यसमा आएका परिवर्तन र यसले ल्याएका चुनौतीलगायतका बारेमा पनि सम्मेलनमा बहस हुने विभागका एशोसिएट प्रा। डा। जनक राईले स्पष्ट पार्नुभयो ।

मानवशास्त्रका विभिन्न पक्षहरूको अध्ययन गर्ने क्रममा यसमा समयसँगै कोलाहालपूर्ण परिवर्तन भई विकासे ९हाइब्रिड० संस्कृति भित्रिसकेकोमा सचेत रहन पृथ्वीनारायण क्याम्पसका मानवशास्त्री प्रकाश उपाध्यायले आग्रह गर्नुभएको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलगायत विश्वभरका ३० वटा विश्वविद्यालयका प्राध्यापक, अध्ययनकर्ता, सोधकर्ता र विद्यार्थीहरू गरी ३ सय जनाभन्दा धेरैको सहभागिता रहेको छ ।

सम्मेलन अवधिभर मानवशास्त्रसँग जोडिएका सामाजिक मूल्य–मान्यता, धर्म र संस्कार, जलवायु परिवर्तन, कृषि, सडक, सङ्गीत, दीर्घरोग, मानसिक स्वास्थ्य, प्राकृतिक स्रोत, जातीय विभेद, आदिवासीको ज्ञान र सीप तथा एआईले संस्कृतिमा ल्याएको कोलाहालपूर्ण अवस्थालगायतका ९० भन्दा बढी कार्यपत्र प्रस्तुत भइरहेको आयोजकले जनाएको छ ।

मानवीय संस्कृतिको अध्ययन गर्ने क्रममा मानवशास्त्रले मानवको शारीरिक, भाषिक, पुरातात्त्विक र सामाजिक–सांस्कृतिक पक्षहरूको अध्ययन गर्ने भए पनि यसको केन्द्रीय विषयवस्तु भनेको संस्कृति नै रहेको सहभागि विज्ञहरूले बताएका छन् ।

२०७२ साल असारमा त्रिभुवन विश्वविद्यालयको एउटै विभागमा रहेका समाजशास्त्र र मानवशास्त्र विषय छुट्टाछुट्टै विभागमा रहने निर्णय भएको थियो । यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा राख्न अध्ययन गरेको गठित कार्यदलले विभाग छुट्याउन सुझाव दिएपछि सामाजिकशास्त्र सङ्काय अन्तर्गत रहेको समाजशास्त्र तथा मानवशास्त्र विभाग छुट्टिएर पढाइ हुन थालेको हो ।

मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्र मानवशास्त्र सन् १९८० को दशकदेखि त्रिभुवन विश्वविद्यालयले संस्थागत रूपमा अध्यापन गर्न थालेको हो । त्रिभुवन विश्वविद्यालयले शुरू गरेको समाजशास्त्र–मानवशास्त्र विधा अहिले अन्य विश्वविद्यालयमा पनि फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group