ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत


abc news
६ श्रावण २०८२, मंगलबार   ४ : ५९   बजे

काठमाडौ ६ साउन । अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ ।

यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो ।

उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामा आवद्ध भएकाले मानिसले नियमित एक लाखसम्मको सेवा पाउँदै आएका थिए ।

स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरुप थप एक लाख दिइने घोषणा गरिएको हो । नियमावलीमा भनिएको छ,‘ १ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।’

तर यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमा भने आवद्ध हुनुपर्ने छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय तहलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय तहले जिल्ला रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।

मल्लका अनुसार पछिल्लो निर्णयको सहुलियत दिन केही प्राविधिक काम भइरहेकाले बीमितले सेवा पाउनका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ ।

यसो हुँदा कडा रोगका लागेका मानिसले तीन लाखसम्मको सेवामा सहुलियत हुने भयो । यस्तै सबैभन्दा बढी भने मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था छ ।

अब देखि मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सुविधा पाउने भएका छन् ।

उसो त प्रदेश सरकारले पनि कडा रोग लागेका बिरामीका लागि थप सहुलियत दिँदै आएका छन् ।

मिर्गौला फेल भएपछि उपचारका दुईवटा मात्र विकल्प रहन्छन्, डायलासिस र प्रत्यारोपण ।

मिर्गौैला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलासिस गरेर बाँच्नुपर्छ ।

विज्ञका अनुसार नेपालमा वार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ ।

प्रत्यारोपण गर्न सहज नहुँदा साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलासिसमा बिरामीको चाप बढ्दै गएको छ । उसो त, प्रत्यारोपणपछि बिरामीले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । जुन सर्वसाधारण नेपालीको पहुँचमा छैन ।

प्रत्यारोपणपछि खाने औषधि महँगो भएकै कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलासिसबाटै जीवन लम्ब्याइरहने अवस्था बनेको छ ।

हाल स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार ८ हजार बिरामीले डायलासिसको भरमा जीवन लम्बाइरहेका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न र बीमाको कार्यक्रमलाई एकै ठाँउमा राखेर जटिल रोग लागेका नागरिकलाई सहुलियत दिने काम भइरहेको बताए ।

‘अस्पतालले कडा रोग लागेका बिरामीलाई दोहोरो सेवा लिन नपाइने बताउँदै आएका रहछन्,’ मन्त्री पौडेलले भने, ‘सबै अस्पताललाई पत्रचार गरिसकेका छौं । बीमा र विपन्न कार्यक्रम उहाँहरूले दोहोरो सेवा लिन पाउनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group