ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीलाई पार्टीमा नफर्कन आग्रह गर्ने निर्णय कार्यान्वयन होला ?, तीन नेताको ‘नोट अफ डिसेन्ट’


एबीसी न्यूज
७ श्रावण २०८२, बुधबार   ३ : ५४   बजे

काठमाडौँ ७ साउन । सत्तारुढ नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई पार्टी राजनीतिमा नआउन आग्रह गर्ने निर्णय गरेको छ । भण्डारीले अध्यक्ष केपी शर्मा ओलीको सुझावलाई बेवास्ता गर्दै चुनौती दिएकाले पार्टीमा नफर्कन आग्रह गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय सुनाइयो,’ एक केन्द्रीय सदस्यले बैठकपछि भने ।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’
तीन नेताको नोट अफ डिसेन्ट
भण्डारीलाई पार्टी राजनीतिमा फर्किन रोक्ने अध्यक्षको निर्णयमाथि उपाध्यक्षद्धय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा पोलिटव्युरो सदस्य कर्ण थापाले नोट अफ डिसेन्ट जनाएका छन् ।
दुई दिनसम्म चलेको बैठक मध्यराती होहल्लाका बीच अध्यक्ष ओलीले समापन भएको घोषणा गरेका थिए ।

एमालेले यस्तो निर्णय गर्नुअघि भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुनेमा केही केन्द्रीय सदस्यहरू उभिएका थिए । तर उनीहरूको आवाज अल्पमतमा पर्‍यो केन्द्रीय कमिटी बैठकमा भण्डारीको पक्षमा उभिने केन्द्रीय सदस्यहरूमा उषाकिरण तिम्सिना,कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुङ्गेल, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group