ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली


abc news
२४ भदौ २०८२, मंगलबार   ४ : २१   बजे

काठमाडौ २४ भदौ । सोमबार नयाँ पुस्ताका युवा जेनजी हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको घटना स्थलमा मृत्यु भएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो ।

बरिष्ठ न्यूरो सर्जन डा। राजिव झाका अनुसार ती चार जनाको मुटुको अगाडि नै प्वाल परेको पाइएको छ ।

डा। झाले भने, ‘चार जना घाइतेहरू मुटु अगाडि नै प्वाल परेको अवस्थामा थिए । उनीहरूको निरन्तर सीपीआर गर्दा पनि बचाउन सकिएन । ’

उनका अनुसार अन्य आठ जनाको टाउको र शरीरका विभिन्न भागमा गोली प्रहारबाट गम्भीर चोट लागेको छ ।

उनले थपे, ‘अहिले स्टेबल अवस्थामा रहेका बिरामीहरूको उपचार जारी छ । केहीमा गोली छालामुनि अड्किएको छ, जसलाई तत्काल निकाल्दा अझै ब्लिडिङ भएर जटिलता बढ्न सक्ने भएकाले पछि मात्रै निकाल्ने योजना छ ।’

बिरामीको अवस्था हेरेर चिकित्सकको टोलीले घाइतेको शरीरबाट अहिले शल्यक्रिया गरेर गोली निकाल्ने काम गरिरहेको छ । ‘कसैको रबरको गोली छ । टाउको, छाती, मुटुको अगाडि गोली लागेको छ,’ डा। झाले भने, ‘रबरको गोली त्यति भित्रसम्म जान्छ जस्तो लाग्दैन । कुन गोली हो त्यो पोस्टमार्टमबाट थाहा हुन्छ ।’

धेरैजसोलाई रबरको गोली लागेको छ । तर दिउँसो तीन चार बजेपछि अस्पताल पुगेका घाइतेलाई पनि बुलेट गोली नै लागेको आंशका चिकित्सकको छ ।

ट्रमा सेन्टरमा वीर अस्पततालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू खटिएका छन् ।

ट्रमा सेन्टरमा पुगेका घाइतेहरू स्कुल–कलेजको ड्रेस र ब्याग साथमै थिए । १०–१२ कक्षामा पढ्ने विद्यार्थीहरू थिए । ‘स्कुलकै ड्रेसमा घाइतेहरू छन् । झोला बोकेका छन् । बोल्न सकेका छैनन् । भर्खरका स्कुल कलेज पढ्नेहरू छन्,’ डा। झाले भने ।

मंगलबारको प्रर्दशनबाट ४ सयभन्दा बढी घाइते भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।

घाइतेको रातभरि शल्यक्रिया

आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा रातभरि शल्यक्रिया गरिएको छ ।

अस्पताल प्रमुख डा। बद्री रिजालका अनुसार पाँच वटा ओटी कक्ष सञ्चालन गरेर ८ जनाको मेजर सर्जरी र १५ जनाभन्दा बढीको माइनर सर्जरी गरिएको हो ।

‘टाउको गर्धन, छाती, पेटमा गोली लागेका ८ जनाको मेजर सर्जरी गरिएको छ,’ डा। रिजालले भने, ‘ हिजो रातभरि सर्जरी भयो । अब अन्य बिरामीको शल्यक्रिया अब गर्ने तयारीमा छौं ।’

अहिले राति सर्जरी गरिएका बिरामीको चिकित्सकले राउन्ड भइरहेको छ । राउन्ड सकिएपछि उहाँहरूको स्वास्थ्य अवस्थामा जानकारी दिन सकिने उनले बताए ।
ट्रमा सेन्टरमा ७० जना भन्दा बढी बिरामीको उपचार भइरहेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गम्भीर घाइतेका लागि नौ वटा आईसीयू बेड तयारी अवस्थामा राखिएको छ ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार पहिलो तलाको वार्डलाई खाली गरी घाइतेको उपचारका लागि र दोस्रो तलाको आइसीयू पनि घाइतेको उपचारका लागि छुट्टाइएको छ ।

‘अहिले ९ बेड आईसीयू तयारी अवस्थामा छ । हिजो ट्रमा र अन्य अस्पतालमा भुईंमा बिरामीको उपचार गर्नुपर्ने भएपछि हामीले तत्काल वीरमा बेड छुट्टाएका छौ,’ डा। बस्नेतले भने, ‘आवश्यक परेमा थप वेडहरूको पनि व्यवस्थापन गरिनेछ ।’

ट्रमा सेन्टरमा शय्या नपाएका बिरामीहरूलाई नयाँ सर्जिकल भवनमा ल्याएर सेवा दिन सुरु गरिएको र आवश्यक परेमा ट्रमासहित सिभिल अस्पतालमा पनि विशेषज्ञ सेवा प्रदान गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu