ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलन: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकसहित ५ जनाको पासपोर्ट रोक्का


एबीसी न्यूज
१३ आश्विन २०८२, सोमबार   ८ : २४   बजे

काठमाडौं, १३ असोज । सरकारले जेनजी युवाको आन्दोलन दवाउन भूमिका खुलेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमण जान रोक लगाएको छ।

सरकारले गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालाको पासपोर्ट रोक्का राख्ने जनाएको हो । साथै उनीहरुलाई विदेश भ्रमण गर्नबाट रोक्ने निर्णय गरिएको छ । त्यस्तै, उनीहरुलाई अनुमति विना उपत्यका छाड्न पनि सरकारले प्रतिबन्ध लगाएको हो ।

सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ । आन्दोलन दमन गरेको आरोप लागेकाले उनीहरुलाई आवश्यक पर्दा बयानका लागि आयोगमा उपस्थित गराउन पर्ने भएकाले बाहिर जान रोक्नु पर्ने भएको आयोगले जनाएको हो । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्था फितलो बनाउन तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखेकले सडकमा कम प्रहरी देखाउन भनेको स्रोतको दावी छ ।

सडकमा भीड नियन्त्रणका लागि खटिनुपर्ने प्रहरीलाई संसद भवन थुपारिएको थियो । आन्दोलन दमनको आदेश गर्ने प्रमुख जिल्ला अधिकारीसहितका पदाधिकारी र आन्दोलनले पार्ने प्रभावको बारेमा पूर्वानुमान गर्न नसक्ने गुप्तचर विभागका प्रमखुलाई पहिलो घेरामा राखेर अनुसनधान अगाडि बढाइएको हो । जेनजी आन्दोलनका बारेमा सुरक्षा निकायले पहिले नै गृह मन्त्रालयका पदाधिकारीहरुलाई जानकारी गराएको थियो ।

तर गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीले बेवास्ता गरेको सुरक्षाकर्मीहरुको भनाइ छ । जेनजी आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु भएको थियो । सोही आन्दोलनमा परी हालसम्म ७५ जनाको मृत्युभएको छ । साथै सयौं घाइते आन्दोलनकारीको काठमाडौं उपत्यकासहितका विभिन्न अस्पतालमा उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu