ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने


एबीसी न्यूज
६ फाल्गुन २०८२, बुधबार   १२ : ४७   बजे

पोखरा, ६ फागुन । जेसीआई पोखरा (पोखरा जेसीज) द्वारा आयोजना हुन लागेको ‘ककस प्रोग्राम–२०२६’ को एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच मंगलबार पोखरामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा जेसीज पोखराका तर्फबाट अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी फागुन ७ गते (फेब्रुअरी १९) पोखरा सभागृहमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड प्रसारण गर्नेछ । सम्झौता कार्यक्रममा जेसिजको तर्फबाट कार्यक्रम संयोजक तिलकप्रसाद लामिछाने, एबिसी टिभी पोखराका संवाददाताद्वय गिता रानामगर र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

बिहीबार हुने कार्यक्रममा कास्की २ का उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद हुनेछ । पोखरा सभागृहमा हुने कार्यक्रममा कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मी आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् ।

यस्तै कास्की २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना पनि संवादमा सहभागी हुने जेसिज पोखराका अध्यक्ष पहारीले जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group