ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित


एबीसी न्यूज
१३ फाल्गुन २०८२, बुधबार   ६ : ५७   बजे

काठमाडौं, १३ फागुन ।  आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ ।श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । इङ्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए । इंग्ल्याान्डका लियाम डसनले ३ विकेट लिए । सुपर–एटको समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । उसले २ खेलमा ४ अंक जोडेको छ ।हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । अब श्रीलंकालाई हराएर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । विश्वकपमा आज श्रीलंका र न्युजिल्याडले खेल्दैछन् । यो खेल बेलुका सवा ७ बजे श्रीलंकाको आर।प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu