ललितपुर । नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी आज ललितपुरको पाटन दरबार स्क्वायरमा सार्वजनिक गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ट्रफी अनावरण गरेका हुन् ।
आयोजकका अनुसार ट्रफी आजै भक्तपुरको दरबार स्क्वायर र साँझ काठमाडौँको वसन्तपुरमा समेत सार्वजनिक गरिनेछ । नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
एनभीएलका सबै खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने आयोजकले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्