बारा । कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट शनिबार साँझ हराएकी दुई वर्षीया बिन्दीकुमारी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् ।
कलैया–१ का मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडिबाट हराएकी थिइन् । बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो ।
बालिकाका हजुरबुवा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा सूचना दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो । खोजीका क्रममा कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित सडकमा बालिकालाई सकुशल फेला पारिएको हो ।
बालिकालाई बिहान ११ बजे उनका बुबा मुकेशकुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
रातभर खोजी
बालिका हराएपछि प्रहरीले विभिन्न टोली बनाएर रातभर खोजतलास गरेको थियो । प्रहरीको सक्रियतामा बालिकालाई करिब १२ घण्टापछि सकुशल फेला पारिएको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्