ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु


एबीसी न्यूज
२९ फाल्गुन २०८२, शुक्रबार   ३ : ५६   बजे

काठमाडौं, २९ फागुन। झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी–२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।मजदूरी गरी घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका उनी खेतमा लडेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।त्यसैगरी, अर्जुनधारा–४ रातेखालस्थित खोल्सा (पैनी) मा डुबेर ५० वर्षीय कृष्ण कटुवालको मृत्यु भएको छ। छारे रोगका बिरामी रहेका कटुवाल पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।व्यापारिक प्रतिष्ठानमा क्षति लगातारको वर्षाले बिर्तामोड क्षेत्रका पसल तथा घरहरूमा पानी पसेर ठूलो नोक्सानी पुर्यामएको छ।

बिर्तामोड–५ स्थित कलश इन्टर प्रा.लि.मा पानी पस्दा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पसलमा रहेका लुब्रिकेन्ट र २५० थान ब्याट्रीहरू पानीले भिजेर नष्ट भएका हुन्।स्थानीय प्रहरी र नगरपालिकाको जेसीबी प्रयोग गरी पानीको निकास खोलिएको थियो। यस्तै, बिर्तामोडकै तमु खाजा घरमा पनि पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य गरेको थियो।

दुर्घटना र अन्य भौतिक क्षति हावाहुरीले बिर्तामोड–५ धिमाल चोकमा सडक किनारको सोलार पोल ढल्दा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन्।उनको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। यता गौरादह(९ मा पिपलको हाँगा भाँचिएर नितम भुजेलको घरको टिनको छानामा सामान्य क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार विपद् लगत्तै सुरक्षाकर्मीको टोली विभिन्न स्थानमा परिचालन गरी जनधनको सुरक्षा र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group