ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा


एबीसी न्यूज
१ चैत्र २०८२, आइतबार   ३ : ३१   बजे

काठमाडौं, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता छान्न केही समय लगाउने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिए । उनले पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताए ।

संसदीय दलको नेता बालेन्द्र शाह नै हुने उनको भनाइ छ । पूर्वसहमति र प्रतिबद्धताबाट दायाँबायाँ नहुने उनले बताए ।

संसदीय दलको नेता छान्ने प्रक्रियाको लागि केन्द्रीय समितिको बैठक नै बस्नुपर्ने झाको भनाइ छ । दलको नेता छान्न आन्तरिक र अनौपचारिक रूपमा भने छलफल भइरहेको उनले जानकारी दिए ।

यस्तो छ प्रवक्ता झाको भनाइ –

हामीले केन्द्रीय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रूपमा अगाडि बढाउनको लागि केही नेताहरूको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरूको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर, एउटा विषय स्पष्ट पारौँ, सोसँग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिबद्धता हामीले बिर्सेका छैनौँ । त्यसैले केही तलमाथि होला कि भन्ने आशंका नगरियोस् । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu