ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस


एबीसी न्यूज
६ चैत्र २०८२, शुक्रबार   ९ : १३   बजे

काठमाडौं, ६ चैत । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनबारे तयार गरेको अनुसन्धान प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीहरूलाई कारबाही सिफारिस गरिएको छ।

आयोगद्वारा गठित अनुसन्धान समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरसमक्ष प्रतिवेदन पेश गरेको हो। आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले जेनजी प्रदर्शनका क्रममा भएको घटनाको विस्तृत छानबिन गर्दै ६ सय पृष्ठभन्दा लामो प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्ले आन्दोलनको गम्भीरता अनुसार सुरक्षा योजना बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालिएको छ। आन्दोलन नियन्त्रणका क्रममा सिलसिलेवार रूपमा बल प्रयोग नगरी एकैपटक अत्यधिक तथा घातक बल प्रयोग गरिएको उल्लेख गर्दै मानव अधिकार उल्लंघनमा संलग्नहरूलाई कारबाही गर्न सिफारिस गरिएको छ।

आयोगले अनुसन्धानका क्रममा उच्च राजनीतिक तथा सुरक्षा निकायका पदाधिकारीहरू सहित करिब ९० जनासँग बयान लिएको थियो भने ५ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको जनाएको छ। त्यस्तै, सयौं सीसीटीभी फुटेज, सामाजिक सञ्जालका सामग्री तथा फरेन्सिक र ब्यालेस्टिक रिपोर्टहरूको समेत अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ।

आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिमध्ये अधिकांशलाई कम्मरमाथि गोली लागेको तथ्य पोस्टमार्टम रिपोर्टबाट देखिएको पनि प्रतिवेदनले औंल्याएको छ। दुई दिनको घटनामा ७६ जनाको मृत्यु र २४ सयभन्दा बढी घाइते भएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार प्रतिवेदन अब आयोगको पूर्ण बैठकबाट पारित भएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group