ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते


एबीसी न्यूज
२८ चैत्र २०८२, शनिबार   ७ : ४३   बजे

काठमाडौं, २८ चैत्र । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

अन्य दुई जना गम्भीर घाइते भएका छन् ।तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर दिउँसो सवा ४ बजे अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका थिए । जसमध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज अर्यालले जानकारी दिए ।

घटनालगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । उद्धार गरिएका तीनै जनालाई तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा उपचार गर्न पुर्‍याइएको थियो ।घाइते हुनेहरूमा खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।दुर्घटनापछि ट्याक्टर चालक खाँदबारी–९ सागुरीका २० वर्षीय सुशान लिम्बु फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group