ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत नेपालले आज युएईसँग खेल्दै


एबीसी न्यूज
१२ बैशाख २०८३, शनिबार   ९ : १८   बजे

काठमाडौं, १२ वैशाख । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत घरेलु मैदानमा नेपालले आज युएईसँग खेल्दैछ ।

काठमाण्डौको त्रिवि क्रिकेट रङ्गशालामा श्रृंखला शुरू हुन लागेको हो । नेपाल र युएईबीचको खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ । यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई–दुई खेल खेल्नेछन् ।

त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्नेछ । अहिले ८ टोलीमध्ये २० खेलमा जम्मा ५ जीत निकालेको नेपाल १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । नेपालभन्दा अङ्क तालिकामा पछि रहेको टोली युएई २० खेलमा १० अङ्कका साथ पुछारमा छ ।

यस्तै नेपालले खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ । त्यस्तै अहिलेसम्म २४ खेल खेलेको अमेरिका २४ खेलमा ३६ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

विश्वकप क्रिकेट लिग–टु को लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको घोषणा गरिएको छ । विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका छन् । अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् । रोहितको कप्तानीमा रहने टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu