ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको खदाङ


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   २ : ५०   बजे

त्रिपुराकोट, डोल्पा, २६ चैत । विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको हो ।

आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको नौ किलोमिटर सडकखण्डको विधिवत् उद्घाटन गरिएकोे थियो ।

उक्त सडकखण्डको उद्घाटन गरेसँगै रुकुम डोल्पा सिमाना त्रिवेणी बजारदेखि खदाङसम्म जिप ट्र्याक्टरलगायत यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।

करोपगाड, खदाङ र श्रीविण्डे हुँदै चिप्लेभिरसम्मको सडक उद्घाटन गरिएसँगै काठमाडाँै नेपालगञ्ज सुर्खेतदेखि खदाङको हरियापानीसम्म यातायातको सुविधा भएको छ ।

सडक उद्घाटन कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश निर्वाचन क्षेत्र ‘ख’का सांसद वीरबहादुर शाही, प्रदेश समानुपातिक सांसद बदमीकँ्वारी बुढा, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, विभिन्न पार्टीका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।

  डोल्पा पूर्णरुपमा राष्ट्रिय सडकमा जोडिन तीन किलोमिटरमात्रै  जाजरकोट–डोल्पा सडकखण्डको कूल लम्बाइ ११७ दशमलव ७ किलोमिटर सडकखण्डमध्ये ११४ दशमलव ७ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भइसकेको र बाँकी तीन किलोमिटर सडक निर्माण भएपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

बाँकी तीन किलोमिटर सडकखण्ड भिर, पहरा र चट्टानयुक्त भए पनि आत्मविश्वासका साथ आगामी दशँैमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी अहोरात्र सेनाले काम अगाडि बडाएको समेत पहाडीले जानकारी दिनुभयो ।

डोल्पाका मन्त्री, सांसद, सरोकारवाला व्यक्तित्व सम्पूर्ण जनताको सहयोगबाट विशाल भिरपाखा छिचोल्दै जनताको घरआँगनमा सडक पु¥याउन सफल भएको पहाडीले बताउनुभयो ।

सडक समुद््घाटन कार्यक्रममा पूर्व शान्ति मन्त्री सत्य पहाडीले कल्पनै नगरेको भिर खोपेर मोटर कुदाएकामा नेपाली सेनाप्रति डोल्पाली जनता हार्दिक आभारी भएको बताउनुभयो ।

उक्त सडकखण्ड निर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेको र डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिसकेपश्चात् पनि सडकलाई स्थायित्व दिनका लागि निर्माण गर्नुपर्ने पुल, सडक कालोपत्रे गर्नका लागिसमेत अहिलेदेखि नै लागिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा डोल्पा प्रदेश क्षेत्र नं ‘ख’ का सांसद वीरबहादुर शाहीले डोल्पाको मुख्य विकासको पूर्वाधार सडक भएकाले सडक पुगेसँगै समृद्धिका ढोका पनि विस्तारै खुल्दै गएको बताउनुभयो ।

डोल्पा पर्यटन, जडीबुटीका हिसाबमा सम्पन्न जिल्ला भएकाले यसको दिगो विकास संरक्षण र प्रचारप्रचारका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउनेसमेत बताउनुभयो ।

सोही कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले नगरको समृद्धिको आधार कृषि व्यवसाय भएकाले भोलिका दिनमा मान्छे र सामान बोकेर डोल्पा पुग्ने गाडीलाई टनाटन पारेर फर्काउनका लागि अहिलेदेखि नै स्याउ, ओखर, अंगुरखेतीमा जोड दिएको बताउनुभयो ।

घर आँगनमै मोटर कुदेको देखेपछि खदाङवासीले हर्षका आँशु झारेका थिए । सडक उद्घाटन कार्यक्रमको खुशियाली मनाउन हजारौँ सर्वसाधारणको उपस्थिति थियो ।

सेनाले चरासमेत उड्न नसकेर लड्ने विशाल काला भिर खोतलेर घर आँगनमै गाडी गुडाएकाले स्थानीयवासीले गीत, कविता, चुट्किला, नृत्यमार्फत सेनालाई भगवान्को रुपमा प्रशंसा गरेका थिए ।

डोल्पाको भूभागमा गाडी कुदाउन दिनराज नसुती सेनाले खदाङसम्म गाडी पु¥याएको भन्दै कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीलाई त्रिपुरासुन्दरी नगरपालिका र प्रदेश सरकारको तर्फबाट दोसल्ला र प्रशंसापत्र वितरण गरेर सम्मान गरिएको थियो ।

“खदाङसम्म गाडी पुगेसँगै विभिन्न किसिममा सुविधा आएका छन्, पहिले हप्तौँ लगाएर गर्नुपर्ने नेपालगञ्ज, सुर्खेतको यात्रा पनि अहिले छोटिएर दुई दिनमै झरेको छ”, त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताउनुभयो ।

खदाङसम्म गाडी गुडेपछि यात्रामा सहजता आउनाका साथै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत घट्ने भन्दै सर्वसाधारण खुशी भएका    छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Authority Condemns Israeli Tender for Major West Bank Settlement Expansion

Second Ukrainian National Arrested in Croatia Over Nord Stream Pipeline Blasts

Israel Launches Criminal Investigation Into Killing of Five-Year-Old Hind Rajab

Pakistan Government Challenges Court Order for Imran Khan’s Hospital Transfer

Palestinian Factions Weigh Broad Alliance Ahead of November Elections

Ukraine’s Military Recruitment Tactics Spark Violence and Corruption Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu